ब्राईट स्कूल सफ्टवेयरमा नया अपडेट बजारमा

प्रकाशित मिति:

बुटवल । बिगत लामो समय देखि शिक्षा, स्वास्थ्य, बैंकिङ्ग, ट्रेडिङ्ग क्षेत्रका सफ्टवेयर उत्पादन गर्दै आएको कम्पनी ब्राईट अफिस सिस्टमले स्कूल र कलेजको लागी अर्न्तराष्ट्रिय स्तरको ब्राईट स्कूल नामक सफ्टवेयर उत्पादन गरेको छ । ब्राईट स्कूलमा विद्यार्थीको इन्फर्मेसन, एकाउण्ट ,लाईब्रेरी, रिजल्ट, पेरोल, होस्टेल, जीपीएस, ईन्भेण्ट्रि, एटेण्डेन्स, टिचर स्टाफ इन्फर्मेसन, नोटिफ़िकेसन, होमवर्क अनलाइन एड्मिसन, अनलाइन भुक्तानी, एकेडेमी नेपाली क्यालेन्डर , लगायत अन्य धेरै फिचर रहेको कम्पनीका सिईओ लक्ष्मण गौतमले जानकारी दिए। ब्राईट स्कूल मोबाईल एप्लिकेसनबाट स्टुडेण्ट, टिचर, म्यानेजमेन्ट प्यारेन्ट्स सबैलाई एकै ठाउँमा जोड्न सहयोग गर्ने कम्पनीको भनाई छ । कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन गरेपछि यतिबेला विद्यालयहरुले परीक्षाको नतिजा सार्वजनिक गर्न पाइरहेका छैन्न।

यसैलाई मध्यनजर गर्दै ब्रिइट स्कुल सफ्टवेयर अनलाइनबाटै नतिजा प्रकाशित गर्न र अनलाइन विद्यार्थि भर्ना मिल्ने सुविधा ल्याएको हो। यो सुविधा ब्राइट ओफिस सिस्टम्स प्रालि को ब्रिइट स्कुल सफ्टवेयर प्रयोगकर्ताले पाउने छन्। विद्यालयको प्ले स्टोर तथा एप स्टोरबाट मोबाइल एप डाउनलोड गरी लगइन गरेर विद्यार्थी, शिक्षक तथा अभिभावकले सजिलै नतिजा हेर्न सक्नेछन्।अहिले यो कम्पनीले नया अपडेट बजारमा लिएर आएको छ । जस्मा स्कुलबाट प्राप्त हुने होमवोर्क तथा असाइनमेन्ट आब शिक्षकले घरबाटै आफ्नो विद्यार्थीहरुलाई दिने त्यो असाइनमेन्ट सकिसकेपछि त्यो आफ्नो शिक्षकलाई फोटो खिची पठाउने अनि त्यो फोटोको आधारमा शिक्षकले घरबाटै त्यो असाइनमेन्टको आधारमा मार्क्स दिन मिलने बेब्ता मिलाएको छ । यो अहिले मात्रै नभएर पछिपनि प्रयोमा लाउन मिलने कम्पनीका संचालकले जानकारी दिनुभयो