हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला

प्रकाशित मिति:

काठमाडौँ/ ललितपुरको बाँडेगाउँमा खुँडा प्र’हार गरी हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा एक शव फेला परेको छ ।बाँडेगाउँमा भाडामा बस्दै आएका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर ह’त्या गरिएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ । ह’त्या कसले र किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’लकडाउनका बीच पछिल्लो समय अपराध गतिविध बढ्न थालेका छन् । यसअघि मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको सामूहिक ह’त्या भएको थियो । सो घटनामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले प’क्राउ गरेर अनुसन्धान गरिरहेको छ ।न्युज २४ बाट