कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा ७७ सय नाघ्यो

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


 काठमाडौं  –  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या सात हजार सात सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण सात हजार ७४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २७९ जनाको मृत्यु भएको हो ।त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि दुई लाख ७६ हजार ५८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९८५ नयाँ संक्रमित थपिएका हुन् ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ९० हजार ७८७ संक्रमित फेला परेका छन् भने तीन हजार २८९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३४ हजार ९१४ संक्रमित फेला परेका छन् भने यो राज्यमा अहिलेसम्म २८६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा २१ हजार ३०९ जना संक्रमित भेटिँदा ९०५ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २१ हजार १४ संक्रमित फेला परिसकेका छन् भने एक हजार ३१३ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म ११ हजार ३३५ संक्रमित फेला परेका छन् भने ३०१ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा आठ हजार ९८५ संक्रमित भेटिएका छन् भने ४१५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ४५९ संक्रमित फेला परेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ३५ हजार २०६ संक्रमित निको भएर घर फर्किसकेका छन् ।onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण