कासिम सुलेमानीको हत्याका लागि जासूसी गर्नेलाई इरानद्वारा मृत्युदण्ड दिइने

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  –  कमान्डर कासिम सुलेमानीको खबर दिने जासुसलाई इरानले मृत्युडण्ड दिने घोषणा गरेको छ । इरानले सीआइए र इजराइलको खुफिया एजेन्सीसँग मिलेर सुलमानीको जानकारी दिने व्यक्तिलाई मृत्युडण्ड दिने घोषणा गरेको हो ।इरानको न्यायपालीकाका प्रवक्ताले इरानी नागरिकलाई उक्त खबरबारे जानकारी दिएका हुन् । प्रवक्ताले इरानी नागरिक महमुद मौसवी मजदले सीआइएका लागी जासुसको रुपमा काम गर्दै आएको र कासिम सुलेमानीको खबर समेत दिएको विषय खुलेपछि उनलाई मृत्युडण्ड दिने फैसला भएकोे जनाएका छन् ।

कासिम सुलेमानी जनवरीमा महिनामा अमेरिकी ड्रोण हमलामा नियोजीत ढंगले मारिएका थिए । उनलाई मिलिसिया समूहसंग संलग्न रही अमेरिकी क्षेत्रमा गलत गतिविधि गर्ने योजना रहेको आरोपमा उनलाई अमेरिकाले मारेको हो । सुलेमानीले तेहरानस्थित रहेको मेरिकी बेसमा हमला समेत गराएको आरोप अमेरिकाले लगाएको थियो ।विगतमा सीआएका लागी काम गरेका १७ जासुसमा समेत मजदको नामपनि रहेको जनाइएको छ । अहिलेसम्म सुलेमानी केसलाई सार्वजनीक रुपमा नलगीएको जनाएको छ । पहिलोपटक सुलेमानी केसमा आपराधीलाई इरानी नागरिक सामू सार्वजीनक गरिएको जनाइएको छ । यस्ता प्रकारका केसमा न्यायलयलाई कुनै प्रकारको समस्या नहुने गरी छिट्टै फैसला आउने प्रवक्ताको विश्वास रहेको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा