कोरोनाले भन्दा पनि दैनिक हत्या र आत्महत्याको दर वृद्धि

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  कोरोना भाइरसले हालसम्म नेपालमा १५ जनाको मृत्यु भएको छ । चार हजार बढी संक्रमित देखिएका छन् । तर, कोरोनाले भन्दा पनि दैनिक हत्या र आत्महत्याको दर वृद्धि भइरहेको छ ।बुधबार मात्रै करिब एक दर्जन हत्याका घटना सार्वजनिक भएका छन् । धनुषा र ललितपुरमा एकजनाको गोली प्रहार र अर्काको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । सोमबार राति रुपन्देहीको तिलोत्तमामा पाँचजनाको सामूहिक हत्या गरियो ।लकडाउनयता देशभर ९५ जनाको हत्या गरिएको घटना सार्वजनिक भएको नेपाल प्रहरीले जनाएको छ । यसमा पारिवारिक हत्या बढी छ । आत्महत्याको दर त कहालीलाग्दो ढंगले बढिरहेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउनयता ८० दिनमा साढे ११ सयले आत्महत्या गरेका छन् । यो रेसियो हेर्दा हरेक दिन १५ जनाले आत्महत्या गरेको देखिन्छ ।कोरोनाले हालसम्म १५ जनाको मृत्यु भएको छ । तर, हरेक दिन आत्महत्या गर्ने १५ जना हुनु भनेको नेपाली समाजमा आपराधिक प्रवृत्ति बढेको देखिएको नेपाल प्रहरीको भनाइ छ ।मनोविद्हरू कोरोना भाइरसका कारण मानिसमा मानसिक समस्या देखिन थालेको बताउँछन् ।धेरैजसो रोजगारी गुमेको, व्यापार व्यवसाय चौपट भएको, एक्लोपनलगायतका कारण मृत्यु भइरहेको पूर्वराजदूत लिलामणि पौड्यालको भनाइ छ । उनले सामाजिक मनोपरामर्श नथाले स्थिति भयावह रूपमा बढ्ने बताउँछन् ।canadanepal

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा