कमलालाई उपचारको लागि देश बिदेशबाट सहयोग जुट्दैँ

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की  जेठ २६ गुल्मी  गुल्मी जिल्ला मालिका गाउँपालिका घमिर टुनिखोलाकि कमला सुनारलाई उपचारको लागि देश बिदेश बाट सहयोग मिल्न थालेको छ । दाम्लोमा बाँधिएर दिन कटाएकि कमलाको कथा ब्याथा सुमन पन्थीले आफ्नो युटुव च्यानल र मनोज कार्कीले बिभिन्न अनलाइनमा समाचार प्रकाशित गरेपछि उनको उपचारको लागि सहयोग मिल्न थालेको पत्रकार सुमन पन्थीले जानाकारि दिएका छन् ।
सहयोगिहरुले पैसा बिदेशबाट पठाउनको लागि लकडाउन भएकाले सुनारको उपचारको लागि लाग्ने खर्च समयमै संकलन गर्ने नसकिएको पन्थीले बताए ।

आर्थिक समयमै जुटाउन सकेमा कमलालाई केहि दिनमै उपचारको लागि भैरहवा लगिने पन्थीको भनाई छ ।  आर्थिक अबस्था कमजोर भएकै कारण बिगत डेढ बर्षदेखि दाम्लोमा मृत्यु कुर्दै शिर्षका समाचार आइसकेपछि उनको उपचारको लागि बिदेशमा रहेका सामाजसेवीहरुले आफ्नो क्षेत्रमा सहयोग संकलनको पहल थालिएको बताएका छन् ।  केहि दिन अगाडि पत्रकार मनोज कार्कीको पहलमा गुल्मी घमिरबाट रोजगारिको लागि ओमन रहेका बिजय परियारको आर्थिक सहयोगमा २५ केजि चामल ,२ केजि दाल ,३ साबुन, १ पोका नुन,२ पोका तेल , आधा केजि चिनी र चिया सुमन पन्थी,मनोज कार्की , वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले खाध्यान्न बितरण गरिएको हो । केहि दिन अगाडि आफै सुमन पन्थीले पनि खाध्यान्न उपलब्ध गराएका थिए ।

घमिर दयारा निवासि राजन घिमिरेले दश हजार केहि दिनमै पठाउने बताए । घिमिरेले बिदेशमा सहयोगको अभियान चलाईरहेका छन् ।कमला उपचारको लागि आफुले सक्दो सहयोग गर्ने र देश बिदेश बासिले ,पनि आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरि उनको उपचार गरिदिन अपिल गरेका छन् । कमलाको उपचारको लागि हाल सम्म पचास हजार संकलन भएको छ ।  देश बिदेशबाट सहयोग गर्ने चाहानुहुने महानुभाबले मनोज कार्की ९५७०६७७३ र सुमन पन्थी ९८६७३९३८७३ फोन गर्न सक्नुहुने छ । कमलाको उपचारको लागि १ लाख लाग्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…