तिलोत्तमा ९ मा प्रदेश ५ कै ब्यवस्थित कभर्ड हल निर्माण हुने

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


तिलाेत्तमा / जेठ २८ गते  – रूपन्देहीको तिलोत्तमा ९ करहियामा निर्माण हुन लागेको गाैतमबुद्घ कभर्डहलकाे आज सिलन्यास गरिएको छ । तिलोत्तमा ९ को वडा भवनदेखि थोरै उत्तरतर्फ ३ वटा ब्याडमिन्टन काेर्ट, बास्केटबल, जिम, ३३३ जनाकाे दर्शक प्याराफिट एंव ४५० जना भन्दा बढी बस्न मिल्ने कभर्ड हलको आजै वडा न. ९ का अध्यक्ष नारायण न्यौपानेले शिलन्यास गरेका हुन ।संकट र महामारीको समयमा सुरक्षित अाश्रय स्थलकाे रूपमा प्रयाेग गर्न मिल्ने गरि बहुउद्देश्यीय हलकाे निर्माण कार्य यथाशिघ्र सम्पन्न गरिने

अध्यक्ष नारायण न्याैपानेले जानकारी दिए । कभर्ड हल ३ कराेड चालिस लाखको लागत स्टिमेटमा निर्माण सम्पन्न हुनेछ ।सो अवसरमा निर्माण उपभाेक्ता समितिका अध्यक्ष श्रीकुमार राना, रूपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा, अनुगमन समितिका संयाेजक खेमेन्द्र राना, DPR गर्ने भूमे सिभिल एन्ड अार्किटेक इन्जिनियरिङ सर्भिसेजका संचालक श्रीप्रसाद थापा लगायतको उपस्थिति रहेकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया