भारतमा अलपत्र नेपालीको उद्धारमा खटिएका सागरको गुनासो ‘सुरक्षित नेपाल पठाईएकाहरु पनि जोखिममा परे

प्रकाशित मिति:

मुम्बई – रोजगारी नपाईएपछि नेपाली युवाहरु विभिन्न देशमा रोजगारीका शिलसिलामा जाने गर्दछन । त्यसै मद्येको एक रोजगारीको गन्त्यव्य हो, भारतको मुम्बई । मुम्बईमा हजारौंको संख्यामा नेपालीहरु काम गर्ने गर्दछन् । उनीहरुले मुम्बईमा काम गरेर आफ्नो र परिवारको जिविका चलाउने गरेका छन । तर, पछिल्लो समय विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका कारण भने मुम्बईमा रहेका धेरै नेपालीको रोजिरोटि खोसिएपछि अलपत्र परे ।

अलपत्र परेका उनीहरुको नेपाल सरकारबाट उद्धारका लागि कुनै पहल नभएर बिचल्लीमा परेका बेला रोजगारीकै शिलशिलामा भारत पसेका नवलपरासीको मध्यविन्दु नगरपालिका १२ का सागर भण्डारी भने उनीहरुको आशाको किरण बनेका छन । उनले लकडाउनले अलपत्र परेका सयौं नेपालीलाई मुम्बईबाट उद्धार गरेर नेपाल मात्रै पठाएका छैनन्, तत्काल राहतको अवश्यकता भएकालाई स्थानिय सरकार संग समन्वय गरेर राहत समेत उपलब्ध गराउने गरेका छन ।

युरेसिया रेयुकाई मुम्बई अध्यक्ष समेत रहेका उनले कोरोना भाईरसको महामारीमा मारमा परेका सयौं नेपालीलाई उद्धार गरी नेपाल पठाएको बताएका छन । ‘आफूहरूले रातदिन अलपत्र नागरिकहरूको लागि सहयोग गरेको सकुशल सीमा नाका सम्म पुयाउने व्यवस्था गरिरहेका छौ । उनले भने ‘तर सुरक्षित रुपमा सीमा सम्म पुयाएका नेपालीलाई नेपाल सरकारले सहि व्यवस्थापन गर्न नसकेको खबर सुन्दा निकै दुःख लाग्छ । उनले नेपाल सरकारले भारतबाट गएकाहरुको क्वारेन्टाइनबाट बिना चेकजाँच घर पठाईरहेको, आरडिटी मात्रै परिक्षण गरी नागरिकको ज्यान माथि खेलवाड गरेको बताए । उनले भारतमा आफूहरु उद्धारमा निश्वार्थ रुपमा सक्रिय भएर लागेको भएपनि नेपाल सरकार भने बेखबर बनेको आरोप लगाए ।