प्रेस युनियन स्याङ्जाले पत्रकारहरुलाई ज्याकेट र स्वास्थ्य सामाग्रि वितरण

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा, जेठ । नेपालमा पछिल्लो समय संक्रमणको अवस्था वढ्दै जान थालेपछि नेपाल प्रेस युनियन स्याङ्जाले युनियनमा आवद्ध क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्रि सहित प्रेस ज्याकेट वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमणवाट बच्न नेपाल अहिले लकडाउनको अवस्थामा छ । जोखिम वढदै जान थालेपछि नागरिकलाई सुचना दिनका लागि आफ्नो स्वास्थ्यलाई प्रवाह नगरी स्थलगत रिपोर्टिङमा खटिएका जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरुलाई स्वास्थ्य सामाग्रि सहित प्रेस ज्याकेट प्रदान गरिएको प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले बताए ।

नेपाल प्रेस युनियनलाई उपलव्ध स्वास्थ्य सामाग्रि तथा प्रेस ज्याकेट वालिङ नगरपालिका उपप्रमुख तथा नेपाल महिला संघ स्याङ्जा अध्यक्ष कल्पना तिवारीले शुक्रवार गल्याङ, शनिवार सदरमुकाम पुतलीबजार, आइतवार वालिङ र सोमवार चापाकोटमा रहेका पत्रकारहरु संग भेटघाट गर्दै वितरण गरिएको थियो । पत्रकारहरु आम जनतालाई सूचना दिने प्रमुख माध्यम रहेकाले विगतदेखिनै संकटका वेला अग्रमोर्चामा रहने पत्रकार सुरक्षित रहेमात्र आम नागरिकले सहि सुचना प्राप्त गर्न सक्ने हुँदा सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह गरेकी छन् । जिल्लामा रहेर क्रियाशिल पत्रकारहरुलाई नपुग ज्याकेट आफूले उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् । सोही अवसरमा २० थान पंजा समेत प्रेस युनियन स्याङ्जाका अध्यक्षलाई हस्तान्तरण गरेकी छन् ।

संकटका वेला अग्रपंतिमा रहने पत्रकारहरु पनि संक्रमणको जोखिममा भएकाले प्रेस युनियन स्याङ्जाको आग्रहलाई आफ्नो जिम्मेवारी ठानेर नेपाल प्रेस युनियनका सल्लाहकार तथा पूर्व महासचिव शिव लम्सालले २८ थान ज्याकेट उपलव्ध गराएका थिए भने रेडियो आँधिखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले २१ थान केएन ९५ माक्स, १ हजार ४ सय एम एल ह्याण्ड सेनीटाइजर र वालिङ नगरपालिका वाड नं ६ का समाजसेवी तथा पूर्व वडा अध्यक्ष भजीन्द्र थापाद्वारा ५० थान केएन ९५ माक्स तथा ५ हजार एम एल ह्याण्ड सेनीटाईजर नेपाल प्रेस युनियन स्याङ्जालाई सहयोग गरेका थिए । पत्रकारहरु पनि पछिल्लो समय कोरोना भाईरसको संक्रमण वढदै जान थालेपछि थप जोखिममा रहेको अवस्थामा उनीहरुको स्वास्थ्य सुरक्षा र पेशागत सुरक्षालाई समेत ध्यानमा राखेर ज्याकेट उपलव्ध गराएको नेपाल प्रेस युनियनका सल्लाकार शिब लम्सालले जानकारी दिए । कोभिड संक्रमणको खतरा दिन प्रतिदिन वढदै जान थालेकोले सावधानीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न लम्सालले आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले संकटका वेला पत्रकारहरुको भावना र मर्मलाई सम्झेर स्वास्थ्य सामाग्रि प्रदान गर्नुहुने वालिङ ६ निवासी भजीन्द्र थापा र रेडीयो आँधीखोलाका अध्यक्ष नेत्र प्रसाद पाण्डे लगायत नेपाल प्रेस युनियनका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार शिव लम्साल प्रति हार्दिक आभार व्यक्त गरेका छन । भने प्रेस युनियनले ज्याकेट तथा स्वास्थ्य सामाग्रि वितरण गर्ने वेला युनियनसंग संग संगै रहनुहुने गण्डकी प्रदेशका साँसद भागवत प्रकाश मल्ल, वालिङ नगर पालिकाका उप प्रमुख कल्पना तिवारी, नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया