विवाहिता छोरीलाई अपुतालीमा थप अधिकार : सर्वोच्चको नयाँ नजिर

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – अपुताली सम्बन्धमा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरेको छ। अब बाबुआमाले अंश पाउनुअघि नै विवाह गरेकी महिलाले पनि अपुतालीमा हक दाबी गर्न पाउने व्याख्या सर्वोच्चले गरेको हो।सर्वोच्चले नवलपरासीका इन्द्र कुमारी देवी चौधरी र नारायण प्रसाद थारुको अपुताली सम्बन्धी मुद्दाको फैसला गर्दै नयाँ नजिर स्थापित गरेको हो। स्थापित नजिर अनुसार बाबु आमाले अंश नपाउँदै विवाह गरेकी छोरीले पनि अब अपुताली पाउनेछन्।यसअघि सर्वोच्चको संयुक्त इजालसले विवाहित छोरीले अपुताली पाउन विवाह अघि नै आमा बाबुले अंश पाइसकेको हुनुपर्ने व्याख्या गरेको थियो।२०६५ सालमा स्थापित उक्त नजिरमा भनिएको थियो, ‘बाबु आमाको अंश नै कायम भई नसक्दै विवाह भै आ–आफ्नो घर गैसकेको छोरीहरुले बाबु वा आमाको अपुतालीमा दावी गर्न पाउने अवस्था नहुने।’

उक्त नजिरले छोरा र छारीबीच पैतृक सम्पत्तिमा समान हक कायम हुने भन्ने संविधानको प्रावधान प्रतिकुल रहेको व्याख्या सर्वोच्चले गरेको हो।न्यायाधीशहरु सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको पूर्ण इजलासले भनेको छ, ‘विवाहित हुँदैमा छोरीलाई अपुतालीको क्रमबाट वेदखल गर्ने हो भने आफ्नै सन्तान पनि विभादित छोरी हुँदैमा आमाको अपुतालीबाट बहिष्कनरणको स्थिति आई विभेदित हुने अवस्था आउँदछ। नेपालको संविधान र कानूनले विवाहको आधारमा गरिने भेदभावलाई पूर्णरुपमा निषेध गरेको छ।’२०७६ साल पुस महिना ३ फैसला भइ हालसालै सार्वजनिक पूर्ण पाठमा अपुताली पर्ने व्यक्तिको गर्भबाट जन्मेको सन्तान नै पहिलो हकदार हुने उल्लेख छ। ‘…मर्ने व्यक्ति स्वयंको गर्भबाट जन्मेको सन्तान नै मर्ने व्यक्तिको नजिकको हकवाला मान्नु पर्ने हुन्छ’, फैसलामा भनिएको छ।deshsanchar

फेसबुकबाट तपाईको प्रतिक्रिया