१३ औं वार्षिकोत्सवको अवसरमा तिनाउं बैंकद्धारा विभिन्न कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंक लिमिटेडले १३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । रुपन्देही, नवलपरासी र चितवन तीन कार्यक्षेत्र रहेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, छात्रबृति वितरण, आश्रमममा सहयोग तथा विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गरेर बार्षिकोत्सव मनाएको हो । प्रधान कार्यालय बुटवलले बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल स्वयसेवि रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा बैंकले बुटवल ब्लड बैंकमा रक्तदान सम्पन्न गरेको छ । बैंकका कर्मचारी, सञ्चालक, स्वयसेवि रक्तदाताका सदस्य तथा अन्य शुभेच्छुक गरि ५० जनाले रक्तदान गरेका छन । रगतको अभाव हुन नदिनका लागि मानवीय सेवा गर्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले बताए । उनले १३ औं बार्षिक उत्सवमा तीन वटै जिल्लाका शाखाहरुले समेत विभिन्न कार्यक्रम गरेको जानकारी दिए । सोही अवसरमा नेपाल स्वयसेवि रक्तदाता समाज रुपन्देहीको अक्षयकोष सहयोगार्थ नगद २० हजार बैंकले प्रदान गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद ओझाले स्वयसेवि समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई २० हजारको चेक हस्तान्तरण गरेका हुन । रक्तदान कार्यक्रममा सञ्चालक समिति सदस्य जीवन ओझा, रामेश्वर प्रसाद कसजु तथा अनिल प्रसाद श्रेष्ठले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
बार्षिकोत्सवकै अवसरमा बुटवल संगमपथ शाखाले बुटवल १३ देविनगर स्थित अपाङ्ग आश्रममा कम्बल वितरण गरेको छ ।