जीपी फाउण्डेशनको वृहत अनलाईन छलफल  सरकार भ्रष्टाचारमा लिप्त

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । नेपाली कांग्रेसका सातै प्रदेश अन्तर्गका जिल्ला सभापतिहरु सहित बिभन्न जिल्लामा सक्रिय महिला नेतृहर,,युवा बिधार्थी नेता र प्राज्ञिक,बौद्धिक व्यक्तिहरुसँग अनलाइन प्रबिधि जुममार्फत ‘कोरोनाको कहर, सरकारी ब्यवस्थापन, बिनियोजित बजेट सहित बहुचर्चित राष्ट्रिय मुद्धाहरु माथि टिप्पणी’ बिषयमा जीपी कोइराला फाउन्डेसन बागमती प्रदेशले अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको संयोजक समेत तथा कांग्रस महासमिति सदस्य नेतृ रिता खनालले सरकारले ल्याएको बजेट परमपरागत भएको र गरिब जनताका लागि बजेटले न्याय नगरेको भन्दै सरकारको आलोचना गरिन । सरकार भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ्य प्रति पुर्ण गैरजिम्मेवार रहेको उनको भनाई थियो ।

यस्तै सरकार जनजिविका र जनताको स्वास्थ्य सुरक्षाका सवालमा चुकेको भर्खर बिनियोजित बजेटबाट प्रष्ट भइसकेको डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले कार्यक्रममा बताए । सरकारले कोराना नियन्त्रणका लागि क्वारेन्टाइन व्यबस्थापन, पर्याप्त चेकजाँच र स्वास्थ्य सामग्री उपलब्ध गर्न नसकेका कारण स्थिति जटिल बन्दै गईरहेको उनको भनाई थियो ।कार्यक्रममा पाँचथर सभापति नरेन्द्र केरुङले सरकारले ल्याएको बजेट समयसापेक्ष छ र तथ्यपरक नभएको बताए। सरकारले ल्याएको बजेट असफलताको चित्र हो,यसमा कुनै नयाँ भिजन र आशा छैन ।

प्रदेश नम्बर १ बाट पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ्ग, प्रदेश नम्बर २ बाट जिल्ला सभापति महेश शंकर गिरि, प्रदेश नम्बर ३ बाट सिन्धुपाल्चोकका सभापति बिकास लामा, प्रदेश नम्बर ४ बाट अर्घाखाचीका सभापति बिष्णु प्रसाद लामिछाने, प्रदेश नम्बर ५ बाट रोल्पा सभापति अमर सिंह पुन, प्रदेश नम्बर ६ बाट मुगुका सभापति खडग बहादुर शाही र कर्ण मल्ल प्रदेश नम्बर ७ डडेलधुराका सभापति एबं प्रदेश सभा सदस्यमा कर्णबहादुर मल्लको उपस्थित रहेको कार्यक्रममा सहभागी युवा नेता भुवन भट्टले बताए । कार्यक्रमको संचालन र संयोजन नेतृ रिता खनालले गरेकी थिइन भने प्राविधिक सहयोग नवराज भट्टराईले गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया