न्यूज २४ मा सीएनआईको अनलाइन बहस प्रत्यक्ष प्रसारण

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – कोभिड-१९ महामारीपछि उत्पन्न आर्थिक अवस्थाका विषयमा नेपाल उद्योग परिसंघ सीएनआई र युवा उद्यमी मञ्च सीएनआईवाईइएफको आयोजनामा अनलाइन सेमिनार हुने भएको छ ।भोलि जेठ २९ गते बिहीबार अपरान्ह ४ बजेदेखि साँझ साढे ५ बजेसम्म हुने यस ‘सीएनआई वेबिनार सिरिज २०२०’ को न्यूज २४ टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । न्यूज २४ टेलिभिजन कार्यक्रमको सहयोगीको रुपमा रहेको छ ।कार्यक्रममा कोभिड-१९ को महामारीपछि उत्पन्न आर्थिक अवस्थाको बारेमा ‘इकोनोमिक सर्भाइभल एण्ड रिकभरी’ शीर्षकमा सहभागीबीच अन्तरक्रिया हुनेछ ।कोभिड-१९ को अवस्थामा इ-कमर्श तथा स्टार्टअप्सको प्रवर्द्धनको उपायमा सहभागीहरुले चर्चा गर्नुहुनेछ । अन्तरक्रियामा स्वागत मन्तव्य सीएनआईका अध्यक्ष शतिशकुमार मोरले दिनुहुनेछ भने कार्यक्रमको प्रमुख वक्तामा उद्योग बाणिज्य

तथा आपूर्ति मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्याल रहनु हुनेछ ।यस्तै कार्यक्रमको वक्ताहरुमा बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी, नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपाल, वन टु वाचका संस्थापक एवं महाप्रबन्धक विलियम ग्रिमिनेक , प्राइभेट लेबल्स उडान भारतका प्रमुख महेश बहुगुना र खल्तीका सहसंस्थापक एवं निर्देशक अमित अग्रवाल रहनु हुनेछ ।यस्तै अन्तरक्रियामा सस्तोडिल डटकमका संस्थापक अमुन थापाले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ भने मध्यस्थकर्ता सीएनआईइफका च्याप्टर चियर रोहित गुप्ता रहनु हुनेछ । यस्तै सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले अन्तरक्रियामा आभार मन्तव्य व्यक्त गर्नुहुने कार्यक्रम रहेको छ ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया