मन्त्रीपरिषदको निर्णय : काठमाडौं उपत्यकाका पसल खुल्ने, सवारी साधन जोर बिजोरमा चलाउन पाईने

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जैठ २७ । सरकारले काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको संख्या कम भएका जिल्लामा विहिबारदेखि पसल खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पसल खोल्न दिने निर्णय गरेको हो ।त्यस्तै सवारी साधनलाई पनि जोर र बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन मापदण्ड पुरा गराएर संचालन गर्न दिने भएको छ । लामो रुटकालाई भने अहिले अनुमति नदिने भएको छ । सवारी साधन संचालनका लागि जोर अंकको गते जोर भएका सवारी साधन र बिजोर अंकको गते बिजोर भएका सवारी साधन मात्रै चलाउन पाउनेछन् । चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् ।मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…