स्पेनिस ला लिगा आजदेखि सुरू हुँदै

प्रकाशित मिति:

काठमाडौं / कोरोना भाइरसको महामारीले तीन महिना स्थगित भएको स्पेनिस ला लिगा फुटबल आजदेखि सुरू हुँदैछ ।गत मार्च १२ मा स्थगित भएका ला लिगाका बाँकी खेल आजदेखि पुनः सुरू हुन लागेका हुन् ।

नेपाली समय अनुसार विहिबार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ ।प्रतियोगितामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ ।