जनकल्याण सहकारीको कोरोना राहत,  व्याजमा र जरिवानामा छुट

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।

जेष्ठ २८
नवलपरासी ।

बर्दघाट ९ भानुनगरमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कोरोना राहत प्याकेज दिने निणर्य गरेको छ । संस्थाले ३ सदस्यीय जोखीम व्यवस्थापन कार्यदल बनाएको र उक्त कार्यदलले राहत प्याकेजका लागी गरेको सिफारीस अनुसार राहत दिएको अध्यक्ष डिक बहादुर पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार कोरोना भाइरसले नित्याएको यो विपतको समयमा सदस्यलाई राहात दिने योजना ल्याएका हौं । कोरोना भाईरसको त्रास र लकडाउनका कारण समयमा जनकल्याण साकोसबाट ऋण लिनु भएका शेयर सदस्यहरुले २०७७ असार मसान्त भित्रमा सावाँ र व्याज भुक्तानी गरेमा  लकडाउन अबधिमा व्याजमा १० प्रतिशत छुट र हर्जनामा १०० प्रतिशत छुटको व्यवस्था गरीएको छ ।