गहुंबालीका लागि मल अभाव भएपछि किसानहरु आक्रोशित

प्रकाशित मिति:

तराईको दोश्रो प्रमुख बालीको रुपमा रहेको गँहु खेतीको समयमा मलको अभाव हुदा कृषकहरु आक्रोशित भएका छन । मलकै लागी रुपन्देहीको धकधई, मर्चवार, सुर्यपुरा लगायतका क्षेत्रमा कृषकहरु लामो लाईन बसे पनि मल पाई रहेका छैनन् । उनिहरुले कृषि सामाग्री कम्पनीले फर्जी सहकारी संस्थाहरुको सहयोगमा मलको कालोबजारी बढाएको समेत आरोप लगाएका छन ।अन्न भण्डार मानिने रुपन्देहीको दक्षिण क्षेत्र मर्चवारमा खेतीको लागी मल समेत नपाउदा किसानहरु आक्रोशित भएका छन । मलको समस्या समाधानको लागी मर्चवारका ४ वटै गाउँपालिका अध्यक्ष सहित बिभिन्न सहकारीका प्रतिनिधिहरु कृषि सामाग्री कम्पनीमा डेलिगेशन गएका थिए ।
सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)को अगुवाईमा मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँ, कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरी, मर्चवारका अगुवा जगन्नाथ कुर्मि, अशोक कुमार तिवारीको समूह किसानहरुको समस्यालाई लिएर कृषि सामाग्री कम्पनीमा डेलिगेशन गएका हुन ।
अन्य क्षेत्रको तुलनामा मर्चवारमा कृषि योग्य जग्गा बढी भए पनि मर्चवारले अन्य ठाउ भन्दा कम मल पाएको गुनासो कृषकहरुको थियो । कम्पनीले बितरण गर्ने मल अन्य स्थानको तुलनामा मर्चवारमा बढी पठाउनु पर्ने उनिहरुको तर्क थियो ।