आइफोनमा अब कल रेकडिङको पनि सुविधा

प्रकाशित मिति:

काठमाडौं/ एप्पलले सार्वजनिक गर्न लागेको नयाँ आइफोनमा कल रेकडिङ पनि गर्न मिल्ने सुविधा थपिएको खुलेको छ ।केहि समयअघि ह्याकरहरुले एप्पलको आउन लागेको नयाँ अपरेटिङ्ग सिस्टम आईओएस १४ को बारेमा सार्वजनिक गरेको विवरण अनुसार एप्पलको आईओएसमा भ्वाइस कल तथा फेसटाइम रेकर्डिङ गर्न सकिने फिचर राखिएको छ ।

कल रेकर्डिङ फंगसनको रूपमा चिनिने उक्त फीचर सेटिङ एप्लिकेसनमा नै प्राप्त हुनेछ ।जेलब्रेक कम्युनिटीमार्फत भर्खर आएको नयाँ जानकारी अनुसार
कल रेकडिङ गर्नका लागि फोन गर्ने अर्को व्यक्तिको सहमति आवश्यक पर्ने स्पष्ट पारिएको छ । उक्त विषयले कसैको गोपनियता भंग भए स्थानीय कानून आकर्षित हुने पनि एप्पलले प्रष्ट्याएको छ ।

कल रेकर्डिङ्ग वा कल ट्याप गर्नु अधिकांश देशहरुमा गैर कानूनी रहेको छ । नेपालमा पनि कल रेकर्डिङ्गलाई गैह्रकानूनी मानिएको छ । एप्पलले आफ्नो नयाँ आईओएस १४ यहि जून २३ मा लन्च गर्ने तयारी गरेको छ ।