भीरकोटबासीहरुको लागि विभिन्न संघसस्थाहरुद्वारा राहत रकम दिने क्रम जारी

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


२९ जेठ,भीरकोट –  कोरोना भाइरस कोभिड १९ का कारण प्रभावित भीरकोटबासीहरुको लागि राहत होस भनी विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी रहेको छ ।माहामारीको रुप लिइ विश्व भ्रमण गरिरहेको कोरोना भाइरस कोविड १९ को संक्रमणबाट बच्न नेपाल यतिबेला लकडाउन गरिएको अवस्थामा लकडाउनबाट प्रभावित र अति विपन्न विहान वेलुका आफ्नो परिवारको हातमुख जोड्नको लागि हम्मेतम्मे परेका भीरकोटबासी र कर्म गर्नको लागि भीरकोटमा आएर बसेका अन्यहरुलाई राहत होस भनेर भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी भीरकोट नगरपालिका वडा न ५ मा रहेको सिर्जनशिल सामुदायीक वन समुहका अध्यक्ष नन्द कुमारी थापा र सोही समूहका पूर्व अध्यक्ष कृष्ण वहादुर थापाले रु ११ हजार नगरप्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोटबासीलाई नगरपालिका एकले मात्र उनीहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले नगरभित्रका सवै सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नुपर्ने अवस्था आइपरेको बताए ।प्रमुख खनालले नगरपालिकाको ९ वटै वडाका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको जानकारी दिदै तेस्रो चरणको राहत वितरणलाई रोजगारी संग जोड्ने वताउनु भयो ।

दिनको ८ घण्टा काम गरे वापत प्रति व्यक्ती १० केजी चामल प्रदान गर्ने र अति अशक्तहरुलाई घरमै लगेर राहत प्रदान गर्ने योजना नपाको रहेको प्रमुख खनालले वताए । हालसम्म राहत कोषमा सहयोग जम्मा गर्नुहुने संघ सस्थाका महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै प्रमुख खनालले कोविड १९ को संक्रमण वढ्दै गएकाले यसको सक्रमणवाट आफु अनि अरुलाई बचाउनको लागि घरमै बसी सहयोग गर्न आग्रह गरे ।हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी २९ लाख ४१ हजार ३ सय २५ रुपैया जम्मा भएको नगर प्रवत्ता दीपेन्द्र केसीले बताए । लकडाउनबाट प्रभावित भीरकोटबासीलाई सहयोग गर्न चाहनेले मेगा बैंक लिमिटेड वयरघारीमा रहेको भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रकम जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागि आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया