असार ५ सम्म बिरोधको कार्यक्रम स्थगन, सांसद मल्लले जुस खुवाएर अनसन तोडाए

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


भवानी अधिकारी \ स्याङजा । ईलाका प्रहरी कार्यालय चापाकोट (क) ८ रत्नपुर क्वामीमा जारी रिले अनशन असार ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सम्बन्धित पक्षसंग गृहकार्यका लागि समय माग गरेपछि ५ गतेसम्मका लागि बिरोधका सबै कार्यक्रम स्थगन भएका हुन ।कार्यालयको स्तरोन्नती सहित चापाकोट ९ सुन्तलीटारमा नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएपछि क्वामीका स्थानीयबासी रिले अनशनमा बस्दै आएका थिए । रिले अनशनको आठौं दिनमा गण्डकी प्रदेशसभा सदस्य एवं सोही क्षेत्रवाट निर्वाचित प्रदेश सांसद भागवतप्रकाश मल्लले जुस खुवाएर अनशन तोडाएका हुन ।

प्रदेश सांसद मल्ल, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी उपरीक्षक विमलराज कणेंल, राष्ट्रिय अनुसंधान कार्यालका प्रमुख कुमार बुढाथोकी, नेकपाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रै पारस, नेपाली कांग्रेसका सभापति कुमार राना लगायत आन्दोलित स्थानीयबासीबीच यथास्थानमा वडा प्रहरी कार्यालय कायम गराउनको लागि पहल गर्ने लगायतका बारेमा सहमति बनेपछि रिले अनशन एक साताका लागि स्थगन गरिएको इलाका प्रहरी कार्यालय चापाकोट (क) संरक्षण समितिका संयोजक हरि भट्टराईले जानकारी दिए ।

संरक्षण समितिको बार्ता टोली, प्रदेश सांसद भागवतप्रकाश मल्ल ,नेकपा अध्यक्ष गैह्रै, काँग्रेस सभापती राना , जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रजिअ क्षेत्री, सदस्य द्धय प्रउ कणेंल र प्रनाउ बुढाथोकी लगायतको टोलीले ४ घण्टाको बार्ताले यथास्थानमा राख्नको लागि गृह मन्त्रालयमा जानकारी गराउने र सो समयसम्मका लागि इलाका प्रहरी कार्यालयको प्रशासनिक भवन निर्माण कार्य एवं टेण्डरको कुनै पनि काम स्थायी समाधान ननिस्कदा सम्मको लागि स्थगित गर्ने लगायतको सहमति भएपछि धर्ना आन्दोलनकारीले हालका लागि रिले अनशन स्थगन गरेको हो ।

नगरपालिकाको सबै भूभागलाई समेट्नेगरी झण्डैं १० रोपनी क्षेत्रफलमा फैलिएको कार्यालयलाई साँगुरो स्थानमा सार्न लागेको भन्दै स्थानीयको आक्रोश छ । क्वामी र सुन्तलीटारको दुरी पनि ३÷४ किलोमीटर दुरी छ । सडक संजालले जोडौं । पक्की सडक बनाउन सबैले सहयोग गरौं, तर कार्यालय स्थानान्तरण नगरौं भन्ने स्थानीयको माग हो । २०७६ असोज ७ को मन्त्रीपरिषद बैठकले क्वामी स्थित ईलाका प्रहरी कार्यालयलाई वडा कार्यालय बनाउदै वडा नं. ९ सुन्तलीटारमा सार्ने निर्णय गरेको छ । तर, स्थानीयबासी भने कार्यालय सार्न नहुने जनाउदै आन्दोलनमा उत्रेका हुन । रिले अनशनसंगसंगै आन्दोलित स्थानीयबासीले सम्बन्धित पक्षलाई ज्ञापनपत्र, नगरपालिकाभित्र बिरोध ¥याली, मशाल जुलुस, पत्रकार सम्मेलन लगायतका चरणवद्ध आन्दोलन गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण