मेरा बा

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


कृष्टि काउछा  / गुल्मी धुर्कोट –  बा एउटा यस्तो शब्द हो, जस्ले जिबनका हरेक घुम्ति र मोडहरुका शाब्दिक जालोलाइ हटाउने अर्थ बोकेर आंतभरी राज गर्छ ।एक पटक आफ्नै बाल्यकालतर्फ फर्केर हेर्दा र बा शब्दमा पाइने आदर्श नियाल्दा दुनियाका सबैभन्दा ठुला ठुला दर्शन र समाजशास्त्र फिका पर्न जान्छन् ।संसारका धेरै कविहरुले आमाको बारेमा कविता लेखे , धेरै साहित्यकारहरुले आमाकै बारेमा साहित्य सिर्जना गरे आमालाई धर्ति मान्नेहरुले किन बालाई आकाश मान्न सक्दैनन् ?त्यो आकाश जस्तै फराकिलो छाती भएका मेरा बा छन् अझै भनु न हाम्रा बा छन्  उ बेला म सानो छदा मेरो बा जवान हुनुन्थ्यो, मेरो बामा कुनै पनि चिजको अपूर्णता थिएन ,उहाँमा धेरै खालका काम गर्न सक्ने खुबी छ अनि उहाँ गाउँको एउटा सक्षम मान्छे ,थाहा छैन म त्यति सक्षम बन्न सक्छु कि नाइँ , यो समाजले मेरो सक्षमता स्वीकार्ला कि नाइँ ?मैले जीवनलाई बासँग तुलना गर्दै गएँ बा जस्तै बन्ने सपना बोकिरहेँ । तर त्यो सपना कहिले र कसरी पूरा हुन्छ मसँग न कुनै योजना छ न कुनै उपाय सिर्फ मनमा बा जस्तै बन्ने आत्मबल छ । मेरा बाले सधै मलाइ भनिरहने एउटा मात्र कुरा के भने नि , ” छोरी जहिले अरुको आश पुरा गर्नु तर कहिल्यै अरुप्रति आशावादी नहुनु । ”

हो यहि कुराले मलाइ अझै अगाडि बढ्ने हौसला र उर्जा सधैभरि थप्छ र थपिरहन्छ अरुको आश पुर्याउन सक्नु भनेको जीवनको अचुक उपलब्धी हो । सायद सफल जीवनको एउटा अन्तिम गन्तव्य पनि हो । यही वाक्यमा सारा जीवनको अपेक्षा र उदेश्यहरुको सूची लुकेको रहेछ, जब म केही जान्ने बुझ्ने भएँ अनि बिस्तारै त्यसको अर्थबोध हुन थाल्यो ।मेरा बाले युगौ देखि भारि बोक्नुभएको छ र भारिसंगे एउटा युग पनि बोक्नुभएको छ , सूर्यको आँखा नखुल्दै मेरा बाका आँखाहरु खुल्छन् चराको चिर्विरसँगै नाम्लो समाउनुहुन्छ एकाबिहानै धाउनु छैन उहालाई मन्दिर , चर्च , गुम्बामा उहालाई त जानु छ त केवल काममा खर्च जुटाउन, हाम्रो भकारीजस्तो भोक भर्न जसरी तारे भीरले फुलाई रहेछ रातो गुँरास जसरी छितिजले बोकिरहेछ सिङ्गो आकाश जसरी हतारिरहेछन् सागर पुग्न खहरे जसरी पिपलको पात हल्लाउन दौडिरहेछन् बतास त्यसैगरी थाप्लोमा नाम्लो सिउरेर गरिरहनुहुन्छ आफ्नो नित्य कर्म सिर्फ हाम्रो लागी ।आजभोली स साना नानीहरुलाई अक्षारम्भ गराउन प्रसस्त किन्डरगार्डेनहरु खुलेका छन्, तर मेरो अक्षरको सुभारम्भ मेरा बाले गर्नुभएको हो ।

मैले लेखेको पहिलो ‘क’ हेर्नका निम्त त्यो बेला लालायित भएका बाका आँखाको रहस्य म बुझ्नै सक्दिनथेँ । मलाई यस्तो लाग्छ कि बाले आफू रित्तिएर पनि मलाई भरिदिनुभो । आफ्नो शक्ति, बुद्धि, क्षमता मलाई दिँदै हुर्काउनुभो । मैले जति हट घोडा हट भनिरहदा नथाक्ने बा को ढाड अनि मलाइ अल्गो बनाउन आफु होचिने बाका काधहरु साँच्चिकै बलवान् रहेछन् । त्यसैले होला आफुले नदेख्ने भिडभित्रको नाटक देखाउन बाले हामिलाइ काधमा बोकिदिनुहुन्थ्यो । हेरेर हामी खुसी हुदा आफैले हेरेजस्तो गरि खुसी हुदै रमाउनुभो । म यतिबेला सोच्नेगर्छु त्यो कत्रो बलिदानी थियो आज हामीले त्यसको बदलामा बिमारले थलिएका बा लाई एक्छिन हात समाएर उठाइदिन कतै झर्को मानेको त छैनौं ?मलाइ कतै जाने हतार हुदा होस् , म अप्ठेरो मा पर्दा नै किन नहोस मेरा अगाडिका सबै समस्याका समाधान मेरा बा हुनुन्छ , मेरा बा हरेक दिन घरमा दिपावली मनाउन पसिनाको मट्टितेल खर्च गर्नुहुन्छ , मनको टुकी सधै बालिरहने मेरा बा मेरा आदर्श हुन् अन्त्यमा मेरो एक मित्रले बा आमा प्रति लेखेको गजलको दुइ लाइन जसले बाआमालाइ साच्चिकै महान ठान्नेछ ,पहाडको खरको झुपडी नै म मेरो दरबार सम्झन्छु , मेरा बा राजा आमा रानी उहाहरुकै अनुहार सम्झन्छु ,
—प्रणाम मेरा बा !

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • “कोरोना सक्रमीको दशै अनुभब : अरुको निधार टल्किएपछी आफै लगाए…
  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा