आ.व २०७७/०७८ को वजेट निति तथा कार्यक्रमको पूर्व तयारीका लागी विषयगत वैठक सम्पन्न

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत / २९ जेष्ठ,भीरकोट – भीरकोट नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वजेट निति तथा कार्यक्रमको पूर्व तयारीको लागी आज भीरकोट नगरपालिकाको विषयगत समितिको योजना छनोट सम्वन्धी वैठक सम्पन्न भएको छ ।गत आ.वमा पारित वजेट निति तथा कार्यक्रमलाई पछ्यादै अर्पूण योजनालाई पूर्णता दिदै थप नया वजेट निति तथा कार्यक्रम ल्याउन लागिएको विषयगत समितिका संमयोजकहरुले वताए । यस आर्थिक वर्षमा कृर्षी तथा पर्यटनको प्रवद्धन र वृहत्तर विकास निर्माणको कार्यमा प्रथामिकता दिने वजेट निति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको नगर प्रमुख छायाराम खनालले वताए ।

भीरकोटका जनताले जे आश गरेका छन् सोही अनुरुप कुनै वर्ग लाई निरासा पैदा हुने खालको निति तथा कार्यक्रम नभई सवै वर्गको अनुहारमा खुसी पैदा हुने र पूर्ण गरी देखाउने खालको वजेट निति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको प्रमुख खनालले वताए । नगरपालिकाको गौरवपूर्ण योजनाहरु लाई यस वर्ष पनि निरन्तरता दिई निर्माण कार्य छिटो सम्पन्न गर्नको लागी पृष्ठपोषण प्रदान गर्ने समेत प्रमुख खनालले वताए । सवै तयारी पुरा गरी आ.व. २०७७÷०७८ को वजेट निति तथा कार्यक्रम आगामी असार १० गते भित्र नगर सभावाट पारित गरी लागु गर्ने नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग