आजमात्र २५० जनामा कोरोना संक्रमण पुष्टि , १८७ जना डिस्चार्ज

प्रकाशित मिति:

काठमाडौं २९ जेठ । पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ । यससँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् ।कहाँ कति थपिए संक्रमित रुस्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७र७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४र४ जना, झापा र सुनसरीका ३र३ जना तथा कपिलवस्तु र बझाङका २र२ मा संक्रमण पुष्टि भएको छ ।थप १८७ जना डिस्चार्ज यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।मन्त्रालयकाअनुसार देशभरका आइसोलेसनमा ३  हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ ।