कोविड १९ रोग सम्वन्धी अन्तरक्रिया सम्पन्न

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत / जेष्ठ २९,भीरकोट – भीरकोट नगरपालिकाको आयोजनामा कोविड १९ रोग नियन्त्रण, रोकथामको लागी भीरकोट र वालिङ् नगरपालिकाका स्वास्थ्यकर्मीहरु विच अन्तरक्रिया सम्पन्न भएको छ ।अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर प्रमुख खनालले कोविड १९ रोग लाग्न वाट कसरी वच्ने र अरुलाई कसरी वचाँऊने भन्ने कुरा महोत्वपूर्ण रहेको भन्दै स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र संचारकर्मीले पहिलो पंक्तिमा रहेर कोरोना विरुद्ध युद्धमा होमीन पर्ने अवस्था आईपरेको वताउनु भयो ।कोरोनाको औषधी भनेको संक्रमितहरु संग सावधानी अपनाई नियमित सरसफाई गर्नु रहेको भन्दै प्रमुख खनालले सवै वर्गले आफ्नो

क्षमता,विवेक र श्रोत कोरोना विरुद्धको लडाईमा लगाउन पर्ने वताए । नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कोविड १९ रोग सम्वन्धी अन्तरक्रिया कार्यक्रमको सहजिकरण सहजकर्ता द्धय जिल्ला अस्पताल स्याङ्जाका डा.अन्जु अर्याल र जनस्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत याम प्रसाद शर्माले र कार्यक्रमकको संचालन भीरकोट स्वास्थ्य शाखा प्रमुख नारायण वन्दु अर्यालले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई आइसोलेसन र क्वारेन्टाईन व्यवस्थापन कसरी गर्ने भन्ने विषयवारे प्रशिक्षण दिईएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया