गल्याङ् क्वारेन्टिन व्यवस्थापनमा अस्तव्यस्त,गैह्र जिम्मेवार नगरपालिका बन्दा सन्त्रास

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल / स्याङ्जा—२९ जेठ – भारत तथा तेस्रो मुलुकबाट भित्रने मानिसहरुलाई कोरोना संक्रमणको परिक्षण नहुने बेला सम्म राख्ने व्यवस्था गरिएका क्वारेन्टिनहरुको व्यवस्थापनमा स्याङ्जाको गल्याङ् नगरपालिकाले चासो नदिदा अस्तव्यस्त बनेको छ । क्वोन्टिनमा बस्ने मानिसहरुलाई शुद्ध खानेपानी, शौचालय र बसाईमा कठिनाई भएपछि अस्तव्यस्त बनेको हो ।स्याङ्जाको गल्याङ नगरपालिका यतीबेला निकै चर्चामा छ । नगर स्वास्थ्य इकाई शाखाका प्रमुखले आत्महत्या गरेपछि यो नगरपालिका निकै चर्चामा रहेको हो । कर्मचारीलाई उच्च आत्मबल बढाएर काम गर्नुपर्ने यो माहामारीमा स्वास्थ्य प्रमुखले आत्महत्या गर्नुले नगरपालिकाको व्यवस्थापन पक्ष कमजोर होकी भन्ने आँकलन गरिएको छ । त्यसैमा पनि विदेशबाट आउने मानिसका कारण समुदायमा कोरोना संक्रमण नफैलियोस भनेर निमार्ण गरेका क्वारेन्टिनहरु अस्तव्यस्त हुदा गल्याङ् नगरपालिकामा सन्त्रास फैलिएको छ । गण्डकी प्रदेश र प्रदेश नम्वर ५ को सिमानामा रहेको गल्याङ् नगरपालिका यस्ता विषयमा चासो दिन नसकेको गुनासो आएपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकै अगाडी क्वारेन्टिनमा बसेका मानिसहरुले सुविधा नपाउदा थप कोरोना संक्रमणको शिकार हुनुपर्ने अवस्था सिर्जना भएको

गुनासो गरेका थिए ।नगरपालिकाका जनप्रतिनिधिहरु गैह्र जिम्मेवार हुदा समस्या भोग्न बाध्य भएको उनीहरुले प्रजिअलाई गुनासो पोखेका थिए।भारतबाट बल्ल बल्ल आफ्नै नगरपालिका आएका छौं क्वारेन्टिनमा बसेका एक युवकले प्रजिअलाई भने,“सिडियो साप हामीलाई खानेपानी र शौचालयको समस्या भयो, पटक पटक गुनासो गर्दा पनि सुनुवाई भएन ।”कोरोना संक्रमणबाट बच्न सामान्य विधि पनि अपनाउने बाताबरण नगरपालिकाले गरिदिएन उनले भने । गल्याङ नगरपालिका १ मालुङ्गा स्थित सार्वजनिक माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्ने भारतबाट आएका मानिसहरुले स्याङ्जाका प्रजिअलाई गुनासो पोख्दै भने । महिला मैत्री क्वारेन्टिन नहुदा क्वारेन्टिनमा बस्ने महिलाहरुलाई समेत समस्या देखिएको छ ।प्रमुख जिल्ला अधिकारी क्षेत्रीले तपाईहरुको समस्याको सम्वोधन तत्काल समाधान गर्न नगरपालिकालाई आग्रह गर्ने छु भनेर सम्झाए । यस्तो समस्या आउनु निकै दुखद हो प्रजिअ क्षेत्रीले भने,“नगरपालिकाले क्वारेन्टिनमा बस्ने मानिसको उच्च मनोबल बढाउनु आवश्यक छ ।”सामान्य समस्यालाई नगरपालिकाले सम्वोधन नगर्नु गैह्र जिम्मेवारपन देखियो, यसलाई सुधार्नु पर्छ उनले भने ।

गल्याङ् नगरपालिकामा भारतबाट आएका करिव २ सय नागरिक क्वारेन्टिनमा बस्दै आएका छन् । गल्याङ् बहुमुखीमा बसेका नागरिकले त आन्दोलन नै गरेका थिए । धमिलो पानी खुवाएको र सम्मानजन व्यवहार नभएको भन्दै आन्दोलन गरेका थिए ।भारत लगायत तेस्रो मुलुकबाट आउने मानिसहरुलाई विद्यालय र क्याम्पसमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ । नगरपालिकाको व्यवस्थापनमा लापरवाहि भएपछि क्वारेन्टिनमा बसेका मानिसहरुले आन्दोलन समेत गर्न बाध्य भएका थिए । अहिले सम्म गल्याङ् नगरपालिकामा करिव २ सयको संख्यामा भारतबाट आएका मानिसहरु क्वारेन्टिनमा बसेका छन् । ४७ जनाको पिसिआर समेत गरिएको छ । पिसिआर रिर्पोट पनि आउन ढिला हुदा क्वारेन्टिनमा बसेका मानिसहरुमा अत्यास सिर्जना भएको बताइएको छ । दुई प्रदेशको सिमानाका भएकाले व्यवस्थापनमा निकै कठिन भएको गल्याङ नगर प्रमुख भुपराज अधिकारीले बताए । आफ्ना नागरिकलाई क्वारेन्टिनमा राखेपनि उनीहरुको आत्मबल बढ्ने गरी सेवा सुविधाबाट बन्चित गरिनु हुदैन । यस तर्फ नगरपालिकाले बेलैमा सचेत बन्नु आवश्यक छ । गुनासै गुनासा : गल्याङ नगरपालिकाले निर्माण गरेको क्वारेन्टिन अनुगमन गर्न जादा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री र प्रहरी प्रमुख बिमलराज कणेललाई गुनासो पोख्दै क्वारेन्टिनमा बसेका मानिसहरु ।
तस्विर : श्रीकृष्ण सिग्देल÷स्याङ्जा

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक