कञ्चनमा ३ महिने शिशु सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


२९ जेठ,कञ्चन – रुपन्देहीको कञ्चन गाउपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको पिसिआर परिक्षणमा ३ महिने शिशु सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको कञ्चन गाउपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ।गत जेठ २० र २१ गते हरैया बहुमुखी क्याम्पस र लुम्बिनी ज्ञान निकेटन मा.बि.मा रहेकाहरु मध्ये आर डि टी परिक्षण गरिएकोमा ७ जनाको आर डि टी पोजेटिभ आएको थियो । आर डि टी पोजेटिभ आएका सातै जनाको स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि जेठ २२ गते भैरहवा पठाइएकोमा आज ३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो भने ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भए पश्चात कञ्चनमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ जना पुगेको छ ।आज कोरोना संक्रमित हुने ३ महिने शिशुको आमाको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कञ्चनमा कोरोना संक्रमण पुष्टि भएका सबै छिमेकी देश भारतबाट आएका हुन ।देशभर ४ हजार ६ सय १४ जना कोरोना संक्रमण पुष्टि भएका छन ।स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।मन्त्रालयका अनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया