एसइई परीक्षा नगर्ने सरकारको निर्णयको एनसीई नेपालको स्वागत

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जेठ २९ । शैक्षिक संस्थाहरुको राष्ट्रिय सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले सरकारबाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा ग्रेडिङ गर्ने भनेको निर्णयको स्वागत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को बुधबारको बैठकले स्थगित परीक्षा सञ्चालन नगर्ने र आन्तरिक मूल्यांकनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले लब्धांकपत्र दिने गरी निर्णय गरेको थियो साथै आगामी दिनमा उक्त परीक्षाको प्रबन्धका लागि शिक्षा ऐनमा संशोधन गर्ने सरकारको तयारी छ।

एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी सरकारको उक्त निणर्यले लाखौँ बालबालिकामा परेको मनोवैज्ञानिक असर कम गर्ने जनाउँदै कक्षा १२ लाई मात्रै एसइई परीक्षाको मान्यता दिने गरी स्थगित अन्य परीक्षाका बारेमा चाँडै निर्णय गर्न आग्रह गरेको छ।सो अभियानले वैकल्पिक विधिबाट पठनपाठनका लागि विद्यालयका स्रोत साधन उपलब्ध गराउन र विद्यार्थी भर्नाका नाममा निजी विद्यालयमा देखिएको अन्योल चिर्न पनि सुझाव दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…