नेविसंघमा ३२ वर्षे उमेरहदले काँग्रेस शिर्ष तहमा चरम विवाद

प्रकाशित मिति:

नेपाली काँग्रेसको शत्तिसाली भ्रातृ संस्था नेविसंघमा ३२ वर्ष उमेर हद तोके पछि काँग्रेसको शिर्ष तहमा विवाद चुलिएको मात्र हैन शिर्ष नेताहरु समेत विभाजित भएका छन् र आगामी पार्टीको महासमिति बैठक समेत प्रभावित हुने देखिन्छ । पार्टी केन्द्रीय समितिको बहुमतको आधारमा त्यो पनि मध्य राति पेलेर नेविसंघमा ३२ वर्ष उमेर हद तोकेका थिए । तत्कालै बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीले नोट अफ डिसेण्ट लेखेका थिए । पार्टी सभापति शेर बहादुर देउवाको यो निर्णयसँगै नेविसंघको महाधिवेशनको सम्भावना टरेको छ । वर्तमान नेविसंघ केन्द्रीय समितिले सर्वसहमत रुपमा विधान पारित गरेको थियो । नेविसंघ हेर्ने प्रकाशशरण महत संयोजक रहेको पार्टीको निर्देशन समितिले नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान खारेज गरि ३२ वर्ष उमेर हद लाग्ने सहितको आफ्नो विधान पेश गरेको थियो । नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान काँग्रेस केन्द्रीय सदस्यहरुलाई अध्ययन गर्न नदिई एकतर्फि रुपमा आफ्नो विधान पास गरेका थिए । नेविसंघको महाधिवेशनमा आफ्नो पक्ष पराजित हुने निश्चित भए पछि देउवाले यस्तो निर्णय गरेका थिए । पछिल्लो समय पार्टीको भ्रातृ संगठनमा आफ्नो पकड गुमाउदै गए पछि नेविसंघमा उमेर हद लगाएका हुन् । अब नेविसंघमा तदर्थ समिति गठन गर्ने तयारी रहेको श्रोत वताएको छ । नेविसंघको महाधिवेशन पत्येक दुई वर्षमा हुनु पर्नेमा वर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महरले महाधिवेशनको प्रारम्भ नै नगरेकाले पार्टीले महाधिवेशनको लागि भन्दै थप तीन महिना म्याद थप गरेको थियो । अध्यक्ष महरले कार्तिक १६, १७ र १८ गते काठमाडौंमा महाधिवेशन गर्ने भनि मिति तोकेका थिए तर त्यो समय पनि महाधिवेशनको प्रारम्भ नै नगरि समय गुजारे र विजयकुमार गच्छदार समुहलाई मिलाउने भनि पन्ध्र जना विधान विपरित मनोनित गरेर राजनीतिक सहमतिको वातावरण र महाधिवेशनको वातावरण विगारे । महाधिवेशन गर्न थपिएको तीन महिना म्याद आगामी मंसिर दुई गते सकिदैछ । विधानमा व्यवस्था भए बमोजिम आगामी मंसिर दुई गतेबाट यो नेविसंघ केन्द्रीय समिति स्वतः भंग भई नयाँ तदर्थ समिति बन्नेछ । नेविसंघमा उमेर हद लागेसँगै हजारौं नेविसंघका नेताहरुले आगामी महाधिवेशनमा प्रतिष्पर्धा गर्न पाउने छैनन् । उमेर हद लागेसँगै आक्रोशित रुपमा बा¥हौं महाधिवेशनका अध्यक्षका प्रत्याशि मोतिलाल भण्डारीले लोकतान्त्रिक पार्टीमा उमेर लगाएर पार्टीले अलोकतान्त्रिक चरित्र प्रदर्शन ग¥यो, अब आन्तरिक लोकतन्त्रको लागि लड्छौ, हामीलाई उमेर हद लगाएर ठेगान लगाउनेहरुलाई पछुतो हुने गरि यिनीहरुलाई पार्टी महाधिवेशनमा ठेगान लगाउछौं, सांसद, मन्त्री तपाई नै हुनुहोस् पार्टीबाट प्राप्त हुने अवसरका पदहरुमा नियुक्तीमा तपाई र तपाइको परिवार र खानदान बनाउनुहोस् तर संगठन गर्ने जिम्मा हामीलाई दिनुहोस् भनेर याचना गर्दा समेत मध्यराति त्यो पनि बहुमतको बलमा हामीलाई बञ्चित गरिएको छ यो अन्यायपूर्ण व्यवहारले किमार्थ पार्टी वलियो हुदैन अन्यायको विरुद्ध सशक्त रुपमा उत्रिन्छौ । नेविसंघको बाहौं महाधिवेशनमा अध्यक्षमा देउवा पक्षबाट सरोज थापा, आनन्द त्रिपाठी त्यसै गरि पौडेल पक्षबाट मोतिलाल भण्डारी, दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ र सिटौला पक्षबाट कुन्दन काफ्ले, युवराज पाण्डेको दावी रहेको छ