बिहीबार राति दुर्घटना हुँदा ३ जना घाइते

३० जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बैतडी : जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकखण्डको बिन्द्रावनमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका–५ का ५५ वर्षीय दिल बहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती कुँवर र २० वर्षीय छोरा रोहित कुँवर रहेका छन् ।घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायवब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

तीनै जनालाई राति नै उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको अधिकारीले बताए ।धनगढीबाट बैतडीको पुर्चौडी नगरपालिका जाँदै गरेको पुर्चौंडी नगरपालिकाको म १ झ ११३ नम्बरको एम्बुलेन्स बिहीबार राति ९ बजे सिगास गाउँपालिका–१ बिन्द्रावनमा दुर्घटनामा परेको हो । एम्बुलेन्स सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । एम्बुलेन्समा चालकसहित ४ जना सवार रहेका प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक पुर्चौडी नगरपालिका ७ का उत्तर विष्ट फरार छन् ।अन्नपुर्ण पोस्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया