अलपत्र परेका नेपाली आज कुवेतबाट आउँदै

३० जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


३० जेठ, काठमाडौं  –  कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।विदेशबाट आउने नागरिकको व्यवस्थापनमा नेपाली सेना खटिइरहेको छ । एक सैनिक अधिकृतले अनलाइनखबरसँग भने, ‘कुवेतबाट नेपाली लिएर विमान उडिसकेको छ, उहाँहरु ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनु हुनेछ ।’विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ ।

बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।अन्य सबै महिला सम्बन्धित प्रदेशतर्फ पठाइएका छन् । त्यहाँ उनीहरुले १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न