ड्युटीमा खटिएका सैनिकले आफैमाथि हाने गोली…

३० जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


३० जेठ, काठमाडौं  –  छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् ।अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टले अनलाइनखबरसँग भने,

‘मध्यरातिको घटना हो, एसएलआरबाट आफैंले गोली चलाए जस्तो देखिएको छ ।’उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले बताएको छ । हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको भट्टले बताए ।onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा