हेर्दाहेदै त्यो कालोदिनको सात बर्ष पुगेछ…

३० जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / मुसिकोट नगरपालिका २,मुसिकोट,गुल्मी – त्यो कालो दिनको याद आज पनि आईरहेछ । झलमल्ल घाम त लागिरहेको थियो, तर त्यस दिन मैले केही देखेको थिएन,संसार अध्यारो थियो ।जन्मे पछि मर्नु त छदै थियो,तैपनि शायद मान्छेलाई धेरै बषै बाच्ने रहर सबैलाई हुन्छ होला । यति कुरा गर्दा कोही मरेका कुरा वा घटना दर्साउन थालेजस्तो नहोस कसैलाई । तर पुर्नजन्ममा अघिल्लो जन्मको कहानी लेखौ लेखौ लाग्यो ।मानिसहरु रुन्छन,रुनु, हास्नु, रिसाउनु, खुशी हुनु,डराउनु त प्रकृतिको नियम हो । त्यसैले आजको दिनमा त्यो दिन के भयो सम्झन कोसिस गर्देछु । सबै थाहा छ तर केही पनि याद छैन,म अज्ञात थिए,अज्ञात नै छु कहिलेकाहीँ एकोहोरो टोलाउदा होइनकी झै लाग्छ । मैले धेरै सपना देख्छु, र त्यो सपना कुनै घटना सँग मेल खान्छ तर खुट्टा तिर हेर्दा खाटा देखिन्छन र शरिर भरी हेर्दा शरीर भरी दाग हरु देखिन्छन ।फेरी इष्टमित्रले पनि सत्य घटना जस्तै कुरा गर्छन मलाई पत्यार लाग्दैनकी म अझै पनि सपना भित्रको सपनामा डुबुल्की मारीरहेको छु कि जस्तो लाग्छ ।म यो कुरामा सत्य छु कि म मेरो जन्म दिने आमाको ममता,आँशु,हासो, बुवाको साहस र आत्मबल श्रीमतीको धैर्यता र माया,छोरीको आशाको खम्बा अनि, दाजुभाईको सहयोग, दिदिबहिनीको निश्वार्थ प्रेम, साथीभाईको साथ र समर्थन सगँै छ । यो कुरालाई म नकार्न सक्दिन । सरदरमा बर्षमा ५६ वटा हप्ता बितेछन,१२वटा महिना,३सय,६५ वटा दिन, ८हजार,७सय,६० वटा घण्टा, ५लाख,२५ हजार,६सय वटा मिनेट, ३ करोड,१५लाख,३६हजार वटा सेकेण्ड बितेछन,छ वटा ऋतु बितेछन्।समग्रमा एक बर्ष बितेछन,होइन त क्या हो के ३सय,६५ दिनको एक बर्ष हुन्छ तर के एक बर्षमा ५२ हप्ता हुन्छन तर के एक बर्षमा १२ वटा महिना अनि छ वटा ऋतु हुन्छन तर होला पक्कै मेरो दिमागको घडि बिग्रको १ यो बह्माण्डले कसैलाई पक्षपात गरेको छैन । ० बाट १ पुग्नको लागी १ नै जोड्नु पर्छ होला, त्यसैले २०७० सालको कुरा हो यो । २०७० साल जेठ महिनाको ३० गते शुक्रवार मसान्तको दिन षष्ठी तिथिको दिन दिउसो करिब ४बजेर १५ मिनेटको समयसम्म म सबै कुरा जान्दथे ४बजेर २० मिनेट समय जादाबाट……………….

आज त २०७७ सालको जेठ महिनाको ३० गते शुक्रवार हो । अव म आफ्नो वास्तविक घटनाको पोको यसरी फुकाउदै छु म श्री ददल्का माध्यमिक विद्यालय अर्लाङकोटमा अध्यापन गर्थे । इलामका दाजु महाबीर बस्नेत निशान श्री सितापुर उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्थयो ।म सँगै अध्यापन गर्ने अरु दुई जना निमा सापकोटा र बद्धिमणि खरेल हुनुहुन्थ्यो सबैजना पारिवारीक झमेलामा बाँधिएका थियौ । हामी कसैका आशाका त्यान्द्रा थियौ ।कसैलाई घर जानु पर्ने, कसैलाई पर जानु पर्ने, मेरो घर मुसीकोट र सहकर्मी शिक्षिका निमाको अस्थायी बसोबास वामी, हामीलाई घर जानु थियो ।महाबीर बस्नेत(निशान) र बद्धिमणि खरेल पर जानु पर्ने थियो । त्यसैले सबैले तालमेल मिलाएर यात्रा तय गरेका थियौ । हामीहरुको मात्र कुरा पनि नगरौ त्यस्तै कतै अध्यापन गर्ने अर्का गुरु रामबहादुर मल्ल र हटिया निवासी, मेघ बहादुर अधिकारी,अनि ट्रक चालक यम राना रुपन्देही बुटवल नगरपालीका १३ र सहचालक मोहन दाहाल गुल्मी,सबै हाँसौ मज्जा सँगै थियौ । हामी बागलुङ जिल्लाको रिघाको मनेवादेखि गाडी नम्वर लु १ ख ७५५७ नम्बरको ट्रकमा सवारका लागि चढ्यौ । हामी ट्रकमा चढेको पाँच मिनेट पनि नवित्दै हिडिरहेको ट्रक मनेवामै बाटोबाट एक्कासी करिव पचास मिटर तल गाडीको स्वतन्त्र यात्रा भयो । त्यँहा कसैले गाडी चलाएको थिएन ।त्यहा कसैको दिमाग प्रयोग भएको थिएन । म त्यो घटनाको बारेमा केही भन्न सक्दिन र भनौ पनि कसरी नाटक पनि हेर्नेलाई मज्जा हुन्छ रे, नाटक देखाउनेलाई त पिडा कति होनी हैन र त्यसैको पात्र भयौ हामी सबै जना । ट्रकभित्रको उकुस मुकुस र एक्कासी तल खोल्सामा ट्रक खसेर ढुङ्गामा ठोक्दिाको आवाजले त्यहाँ केही दुर्घटनाको संकेतले साथीको गुहारसँगै हामी सबै अचेत भएछौ केह िसमयपछि ट्रकको झ्याल फोडेर बाहिर निस्किन सफल हुनुभएछ । उँहा महाबीर बस्नेतलाई गम्भीर चोट लाग्यो टाउकोमा बद्धिमणि खरेललाई गम्भीर चोट लाग्यो खुट्टामा अनगिन्ती लछारपछारको पात्र भए म । चालक र सहचालकको अवस्था अचेत उस्तै । म शुरुमा वेहोस भित्रको होसमा थिए ।

तर पछि स्वयं अचेतन ।तत्काल वरिपरिका बासिन्दाहरुको सहयोगमा बाग्लुङ्को खर्बाङ प्रहरीको आगमन भयो । पुर्नजन्मको लागि खर्वाङ कै आरोग्य मेडिकल हलमा सामान्य उपचारको क्रममा रह्यौ त्यँहा । भन्छन मान्छेलाई मान्छे चाहिन्छ मर्दा र पर्दा साच्चै रहेछ त्यो कुरा पनि । म यँहा नाम जपेर भ्याँउदिन असङ्ख्य शुभचिन्तक साथीभाई र आफन्तजनहरु तथा मेरो जीवनको हरेक पलमा सहयोग गर्ने आदरणीय गुरुन्यु साइन स्टार बोडिङ्ग स्कुल अर्लाङ्कोटका निर्देशक डिल बहादुर बुढाथोकी,खर्वाङ प्रहरी चौकी, सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्ज वामीटक्सार लगायत रिघा मनेवा बासी दाजुभाई, दिदिबहिनीहरु, मेरो घर परिवार, साथी भाईहरु छरछिमेकहरुप्रति सम्पुर्णमा हार्दिक आभार समेत व्यक्त गर्न चाहान्छु । कठै आमाको मन,मेरी दिदि कमलाले मलाई सम्हाली रहनुभएको थियो । दुर्घनाको खवरले खर्बाङमा रहेको अस्पतालमा प्राथमिक उपचार गर्दा हामीलाई हेर्नेहरु बजारमा खचाखच थियो मानव जातीहरुको । पछि खवरमा आएको कुरा, गर्देछु म । त्यँहा कठै भन्ने आवाज अनगिन्ती सुनिन्थ्यो । म चिन्दिनथे कसैलाई । त्यसपछि हामी एम्बुलेन्सको सहयोगमा पोखरा तर्फ गण्डकी हस्पिटलमा प्रस्थान गरी पुर्नजन्मको लागि वास्तविक गन्तव्यको स्वीकार गरी औषधी उपचार पछि सबै जना घरमा फर्केयौ । आज हेर्दा हेदै दुर्घना भएको सात बर्ष वितिसकेछ, । आज त्यो दिनलाई कामको व्यवस्ताले भनु या त के भनु हेर्दा हेदै सात बर्ष समय वितेको पत्तै भएन छ । आज पनि २०७७ साल जेठ महिनाको ३० गते शुक्रवारको आएछ । आज त्यो दुर्घनाको कहानी र घटनालाई दो¥याएर फेरी लेखौ लेखौ लाग्यो । त्यसैले त्यो दिनको पात्रो फर्काएर हेर्नुस न त कति छिट्टै २०७० सालको जेठ ३० गते शुक्रवार मशान्तको दिनको घटना भएको आज फेरी २०७७ सालको जेठ महिनाको ३० गते आज त्यहि शुक्रवार आएछ,आखिर के त जिन्दगी ……………..

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…