कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री श्रेष्ठद्धारा हरिनासलाई स्वास्थ्य सामाग्री सहयोग

३० जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


भवानी अधिकारी \ स्याङजा – नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व उपप्रधानमन्त्री एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले हरिनास गाउँपालिकालाई सेनीटाइजर, मास्क र सर्जिकल ग्लोब्स् उपलब्ध गराउनु भएको छ । नेता श्रेष्ठ मार्फत उपलब्ध गराइएको २ कार्टुन स्वास्थ्य सामाग्राी हरिनास गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्याललाई हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस हरिनास गाउँपालिकाका सभापति टोपबहादुर चन्द, उपसभापति टोपा भुजेल, सचिव चित्रबहादुर गुरुङ, पूर्व जिल्ला सदस्य सोमनाथ लम्साल, तरुण दल हरिनासका सभापति मोहन थापा, उपसचिव समिर भुजेल, नेपाल बिद्यार्थी संघका सदस्य बिरज मानन्धर लगायतको उपस्थितीमा ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएका हुन ।

सामाग्री ग्रहण गर्दे प्रमुख प्रशासकिय अधिकृत अर्यालले बढ्दो कोरोना महामारीका समयमा पालिकालाई उपलब्ध सामाग्रीको सही सदुपयोग गर्ने जनाउदै सहयोगीदाता पूर्व उपप्रधानमन्त्री एवं नेता श्रेष्ठप्रति धन्यवाद एवं आभार प्रकट गर्नुभएको छ ।स्याङ्जाको सबै स्थानीय तहमा स्वास्थ्य सामग्री उपलब्ध गराउने क्रममा नेता श्रेष्ठले बुधवार हरिनास गाउँपालिकामा ती सामाग्री प्रदान गर्नुभएको हो । यसअघि पनि उहाले जिल्लाका केही पालिकामा उपलब्ध गराइसक्नु भएको छ । बाँकी केही पालिकामा पनि छिटै उपलब्ध गराउने नेता श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा