स्याङ्जामा एकैदिन थपिए २२ संक्रमित

प्रकाशित मिति:

भवानी अधिकारी\ स्याङ्जामा थप २२ जना संक्रमित थपिएकाछन् । यो संख्यासंर्गै जिल्लामा हाल संक्रमितको संख्या ६० पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार दिएको जानकारी अनुसार गल्याङका १८, वालिङका २ र चौपारी गाउँपालिकाका एक जना र एक जना ठेगाना नखुलेको पुरुषमा कोरोना संक्रमण देखिएको हो । अर्जुनचौपारीको ३ बर्षका बालक र ठेगाना नखुलेका ४ बर्षका बालकमा समेत कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । संक्रमित हुने मध्ये वालिङका ३३ र ३५ बर्षै पुरुष हुन । गल्याङमा ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४, ३५ बर्ष उमेर समूहका छन् ।

उनीहरु सबैलाई स्याङजाका आईसोलेसनमा ल्याउने तयारी भईरहेको प्रादेशिक कार्यालयले जनाएको छ । उनीहरुलाई भीरकोट नगरपालिका स्थित कालिका सामुदायिक अस्पतालमा राखिने भएको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।प्रमुख शर्माका अनुसार ‘ गल्याङबाट २१ गते ४८ जनाको, वालिङबाट २७ गते ५५ जनाको र अर्जुनचौपारीवाट २२ गते १२ जनाको नमूना स्वाव संकलनगरी पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाइएकोमा २२ जनाको पोजेटिभ आएको हो । ती मध्ये वालिङका केही ब्यक्तिका रिपोर्ट आउन बाँकीे छ । ’ कोरोना संक्रमण देखिएका मध्ये २ जना बाहेक अन्य सबै भारतवाट आएर र सम्बन्धित पालिकाको क्वारेन्टाईनमा बसेका हुन । २ जना भने सरसफाई कर्मचारी हुन ।

सरसफाईकर्मीमा देखियो कोरोना संक्रमणसरसफाईकर्मी कर्मचारी पनि कोरोना संक्रमण देखिएको छ । गल्याङका २ जना संक्रमित मध्ये उनीहरु सरसफाईकर्मी रहेको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । उनीहरुले क्वारेन्टाईनको सरसफाई गर्दे आएका थिए । उनीहरु सरसफाईका लागि घरबाटै आउने जाने गर्ने गरेको बताइएको छ । ती मध्ये एक पुरुष र एक महिला क्रमश ः ४४ र ६० बर्षका हुन । उनीहरुको कन्ट्याक्क ट्रेसिङको तयारी भैरहेको स्वास्थ्य प्रमुख शर्माले जानकारी दिए ।

अझैं २ सय १५ जनाको पिसिआर रिपोर्ट आउने बाँकी अर्जुनचौपारी गाउँपालिकाका १ सय ७ जना, कालीगण्डकीका ३४, बिरुवाका ६, आधीखोलाका १५, फेदिखोलाका ५, गल्याङ नगरपालिकाका २० र चापाकोटका २८ जनागरी २ सय १५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ ।यो सँगै जिल्लामा संक्रमित संक्रमित भई उपचाररतकोे संख्या ५६ रहेको छ । ती मध्ये ३ जना भने कोरोना जितेर घर फर्किसकेका छन् भने एक जनाको मृत्यु भैसकेको छ । शुक्रवारसम्म जिल्ला अस्पतालको आइसोलेनमा ३, कालिका सामुदायिक अस्पतालमा एक महिला सहित २८ पुरुष उपचाररत छन । थप उपचारका लागि भन्दै आइशोलेशनमा रहेक २ जना पोखरामा पठाइएको छ । तस्विर : कालिका सामुदायिक अस्पताल ।