आजदेखि जोर–विजोर प्रणाली लागू, एक अर्को जिल्ला जान नपाईने

प्रकाशित मिति:

काठमाडौँ, जेठ ३० । लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर–विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा आएका छन् । काठमाडौँ उपत्यकासहित मुलुकभर जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक लगाईएको छैन् । यद्यपी, ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ । ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्र सवार गर्न पाउने छन् ।