एनआरएनए अमेरिकाको संचार विभागको संयोजकमा पत्रकार सतिश चापागाईं नियुक्त

३० जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एनआरएनए अमेरिकाले संचार विभागको संयोजकमा पत्रकार सतिश चापागाईं नियुक्त गरेको छ। एनआरएनए अमेरिकाका गतिबिधिलाई ब्यबस्थित रुपमा आम सदस्य र सर्बसाधारण समक्ष पुर्याउन सहयोग पुगोस भने उद्देश्यले पत्रकार चापागाईंलाई यो जिम्मा प्रदान गरेको एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भयो। पत्रकार चापागाईं अहिले नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र संचालक हुनुहुन्छ। नेपालमा लामो समय पत्रकारिता गर्नुभएका चापागाईले बिभिन्न पत्रिकामा सम्पादक र बिभिन्न एफएमहरुमा स्टेशन म्यानेजरको जिम्मेवारी बहन गरिसक्नु भएको छ।

नेपाल प्रेस युनियनका पुर्ब केन्द्रिय उपाध्यक्ष चापागाई नेपाल पत्रकार महासंघ पाल्पामा बिभिन्न जिम्मेवारी बहन गरिसक्नु भएको छ। एनआरएनएका मुद्धाहरुलाई विश्वब्यापी नै उठाउदै आउनु भएका चापागाई एनआरएनए अमेरिकालाई नजिकबाट बुझेका ब्यक्ति हुनुहुन्छ। चर्चित र लोकप्रिय कार्यक्रम जोग संजोगका संचालक समेत हुनुहुन्छ। “यो अवसरका लागि एनआरएनए अमेरिकाको सिंगो कार्यसमितिलाई धन्यवाद दिदै संस्थाको संस्थागत विकासमा संचारको क्षेत्रबाट गर्नुपर्ने सहयोग रचनात्मक रुपमा गर्नेछु।” चापागाईंले छोटो प्रतिक्रिया दिदै भन्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया