कोइरालाले बाँदर धपाउने यन्त्र बनाएपछि किसान खुसी

प्रकाशित मिति:

भवानी अधिकारी वालिङ । बाँदर आतंकले आक्रान्त बनेका बेला भीरकोटका ४४ वर्षीय भवी कोइरालाले घरेलु सामाग्री प्रयोग गरी बाँदर भगाउने यन्त्र निर्माण बनाएका छन् । उनले यस यन्त्रलाई ‘मंकी एअर गन’ भनी नामाकरण गरेका छन् । कोइरालाले प्लाष्टिकको पाइपसहित कार्वोहाइडको प्रयोग गरी हावामार्फत बाँदरलाई तर्साएर भगाउने यन्त्र निर्माण गरेका हुन् ।  यन्त्रले बाँदरको शरीरलाई केही असर नगर्ने र ठूलो आवाज निस्कने हुदाँ तर्सेर भाग्ने कोइराला बताउछन्। भीरकोट नगरपालिका–७ खिलुङदेउराली निवासी कोइराला यातायात व्यवसायी हुन् । आफ्नै ग्यारेजमा कार्बोहाइड्रेड प्रयोग गरी वेल्डिङको काम गरिरहेका बेला अचानक पड्किदा ठूलो आवाज आएपछि सो प्रक्रियालाई बाँदर धपाउनका लागि उपयोग गर्न सकिने सोच बनेको उनले बताए । यसको आवाज भने निकै ठूलो हुने गरेको छ ।

घरायशी सामाग्री पीभिसी प्लाष्टिकका पाइप फिटिङका सामाग्री सर्केट, ढकनी लगायतका सामाग्री जोडेर कार्बोहाइड र पानीको समिश्रण गरी ग्यास उत्पादन गर्ने र सोही ग्यासमा आगो बालेपछि आउने ठूलो आवाजले बाँदर धपाउने मेशिन बनाएका हुन् । बिगत २र३ महिनादेखि मेशिन बनाएर परीक्षण गरेका उनले सफलता पाएका छन्। उनको यन्त्रको उपयोग गरेका धेरै किसानले सुखको अनुभूति गरेका छन् । बाँदरका कारण दिनरात खेत बारीमा बिताउनु पर्ने किसानलाई राहत पुगेको छ ।  मेसिन परीक्षणबाट सफलता मिलेको उपयोगकर्ता चुडामणी शर्माले जानकारी दिए। यसअघि ‘सधैं बाँदर गोठालो बसेको म अहिले भने यही बन्दुक पड्काउन थालेपनि बाँदर आउन निकै कम भएको छ,’ भीरकोट–७ बलमाटाका शर्माले भने–‘दुई महिनाअघि २ सय भन्दा बढी बाँदरका हुल यही आसपासमा देखिन्थे, ३ र ४ पटक पड्काएको त अहिले ५र७ वटा भन्दाबढी बाँदर देखिएका छैंनन्, हाम्रा लागि यो रामवाण नै बन्यो ।’

करिब २ मिटर जति लामो प्लाष्टिकको पाइप दुई भागमा विभाजित गरी ‘मंकी एयर गन’ बनाइएको छ । पाइपको तल्लो भाग ९टंकी० मा ग्यास उत्पादन गर्नका लागि कार्वोहाइड र पानी राखिन्छ। त्यसपछि टंकीको भागमा बनाइएको प्वाल थुनेर मिश्रित पानी र कार्वोहाइड हल्लाएर बालेपछि ठूलो आवाज आउँछ । सोही आवाज सुनेपनि बाँदर तर्सने र भाग्ने कोइरालाले जानकारी दिए । यसको प्रयोगपछिकिसानलाई दुख दिने गरेको बाँदर आतंक कम भएको भीरकोट नगरपालिका प्रमुख छायाँराम खनालले जानकारी दिए । बन्यजन्तु मार्न नपाईने, छोप्न पनि नपाईने, लखेट्दा टाढा नजाने फर्की–फर्की आउने गरेका बाँदर अहिले आफना पालिकामा निकै कम देखिएको प्रमुख खनालको भनाइ छ । अहिले अर्जुनचौपारी गाउँपालिकामा २० वटा, भीरकोटमा २५ वटा यन्त्र उपलब्ध गराएको र वालिङ, पुतलीबजार नगरपालिकाले मङकी एअर गनको माग गरेको कोइरालाले जानकारी दिए । उनले अहिलेसम्म ५० वटा बन्दुक बनाएर किसानलाई उपलब्ध गराएको बताए । केरा पकाउनका प्रयोग गरिने कार्वोहाइड्रेड १० ग्राममा १ सय मिलिलिटर पानीको प्रयोग गरी एक पटक पड्काउन र बाँदर लखेट्न सकिन्छ’ उनले भने–‘सबै सामाग्री किनेर बनाउदा पनि ३र४ हजारमा तयार पार्न सकिन्छ । वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले बाँदर धपाउने मेसिन तयार पारेकोमा धन्यवाद दिँदै नगरपालिका भरी वितरण गरिएको जानकारी गराए ।