सरकारको काम भ्रष्टाचार मात्र गर्ने हो : गुरुङ

३० जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकारले जनता प्रतिको जवाफदेहिता भुलेको आरोप लगाएका छन् ।लोकतन्त्र र सुशासनका लागी बहस समुहले गरेको डिजिटल छलफलमा आफनो भनाई राख्दै उनले भने, ‘सरकारले दश अर्व खर्च भयो भन्छ तर त्यो कहाँ खर्च भयो भनेर सोध्यो भने त्यसको जवाफ दिँदैन । भ्रष्टाचारमा डुबेका शासकलाई नेपाली जनताले हेर्न चाहेका छैनन्।’ यो सरकार धेरै कुराहरुमा फेल भएको उनले आरोप लगाए । सरकारको पछिल्लो भष्टचारको गतिविधिलाई कटाक्ष गदै उनले भने, ‘सरकार अरु केही गर्न सक्दैन केवल भ्रष्टाचार मात्र गर्न सक्छ ।’

कोराना महामारीलाई सरकारले व्यापारको माध्यम बनाएको छ । नेता गुरुङले सरकारका पछिल्ला गतिविधि बारे आक्रोश व्यक्त गर्दै देशभरबाट आन्दोलन गर्ने चेतावनी समेत दिए । यस्तै संवादमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले बिज्ञको रुपमा आफना भनाई राख्ने क्रममा देशको आर्थिक धरातल तासको घर जस्तो भएको बताए । स्रोत परिचालनमा सरकार सक्षम नभएको बताउँदै उनले भने, ‘हाम्रो खर्च गर्न सक्ने क्षमता छैन, बैदेशिक ऋण पनि खर्च गर्न नसक्ने अवस्था छ ।’ हरेक विपदमा सुशासनको कुरा उठेपनि सरकारले स्रोतसाधानको चरम दुरुप्रयोग गर्दै आएको उनले बताए । अहिले आम नागरिकको स्वास्थ्यको चिन्ता गर्ने बेलामा सरकार उपकरण लगाएतका खरिद प्रक्रियाको अनिमियतामा रमाउनु राष्ट्रिय लज्जाको बिषय भएको उनको भनाई थियो ।

डिजिटल संवादमा नेपाली कांग्रेस अर्घखाचीका सभापति बिष्णु मुस्कानले  डव्लुएचओ मापदण्डलाई नेपालले पालना गर्न नसक्दा अवस्था झनै भयावह बन्न सक्ने तर्क गरेका थिए । उनले भने, ‘अर्धखाँचीमा पाँच हजार बढि क्वारेन्टाइनमा छन्, सरकारले अर्वौ खर्च भयो भनिरहँदा आम नागरिकले न्युनतम पुर्वाधार बिना नै क्वारेन्टाइनमा बस्न पर्ने अवस्था छ । यस्तै नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेतले नेपाली कांग्रेस नै राहत बितरण गर्दै आएको तर प्रशासनले त्यसमा हस्तक्षेप गरेकोमा दुख व्यक्त गरे । कोरोना कहर पछिको अवस्था र गतिविध कसरी अघि बढ्ला भन्ने कुराहरुमा पनि छलफल गर्न आवश्यक भएको उनको भनाई थियो ।

सरकार नालायक भएको र यो सरकार सत्तामा बसिरहन नसुहाउने नेपाली कांग्रेस कि नेतृ रिता खनालले बताइन । जनतालाई दुखपर्दा अभिभावक बन्नुपर्ने सरकार सिमित व्यक्तिलाई पोस्न लागिपरेको उनको भनाई थियो ।  डिजिटल छलफलमा नेपाली कांग्रेसका नेता रमेश महत,राजेन्द्र कट्टेल, शान्ता कार्की, धर्मेन्द्र नेम्वाङ, रिता शाही, हरिराज खरेल, सरस्वती तिम्लिसिना, कञ्चन पोखरेल, बिन्दु ढकाल, बिमला संग्रौला लगाएतले सहभागिता जनाएका थिए । लोकतन्त्र  र शुशासन का लागि बहस समूहले आयोजना गरेको डिजिटल संवादमा प्राबिधिक संयोजन नवराज भट्टराईले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग