कञ्चन जेसिजद्धारा क्वारेन्टाइनमा रहेकाहरुलाई खाजा नास्ता प्रदान

३० जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कञ्चन/रुपन्देहीको कञ्चन जेसिजद्धारा प्रगती मा।बि। र गजेडी मा।बि।को क्वारेन्टाइनमा रहेका ६२ जनालाई खाजा स्वरुप ड्राईफुड प्रदान गरिएको छ। नोवल कोरोना भाइरस कोभिड १९ को सम्भाबित संक्रमणबाट सुरक्षित हुन छिमेकी देश भारतबाट नेपाल आई क्वारेन्टाइनमा रहेका कञ्चनवासीहरुलाई राहत स्वरुप खाजा उपलब्ध गाएको हो ।

सामाजिक सेवामा कृयाशिल कञ्चन जेसिजले यस अघि पनि कञ्चन गाउपालिकाको समन्वयमा करिव ५० बिपन्न घर परिवारलाई राहत प्रदान गरेको कञ्चन जेसिजले बिभिन्न सहयोगदाताहरुको आर्थिक सहयोगमा खाजा उपलब्ध गराएको हो । खाजा बितरण कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वार्ड नं। १ का वडा अध्यक्ष हरि नारायण थारुले क्वारेन्टाइनमा रहेका कञ्चनवासीलाई आत्मबल र दृद्ध इच्छाशक्ती निकालेर महामरीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई जित्न सकिने उत्प्रेरणा दिनु भएको छ।

यो बिषम परिस्थितीमा हतास हुने र मनमा चिन्ता होइन आत्म साहस लिएर मनमा जुन सुकै संक्रमणलाई जित्छु भन्ने भावनाको बिकास गर्नु पर्ने बताउदै कोरोनाको कहरमा कञ्चन जेसिजले गाउपालिकासंगको समन्वयमा गाउपालिकालाई समेत राहत मिल्ने गरी गरेको सहयोगको सह्रना गर्नु भएको थियो ।
यसैगरी कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले युवाहरुलाई समाज सेवामा अभिप्रेरित गर्दै उधमशिलताको बिकास गर्न जेसिजको छातामा गोलबन्द गराउदै आएको बताउनु भएको छ । गाउपालिकाले लाखौ खर्च गरेर क्वारेन्टाइनको ब्यबस्थापन गरी सम्भाबित कोरोना संक्रमण ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर कोरोना संक्रमणको जोखिमबाट सुरक्षित गराउने प्रयास गरेको प्रति धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य रेनु कुवँरले कञ्चन जेसिजले महामारीको बेला गाउपालिकासंग सहकार्य गरी कोरोना संक्रमणलाइृ न्युनिकरण गराउनमा महत्वपुर्ण भुमिका खेलेकोमा सह्रना ब्यक्त गर्नु भएको छ । कञ्चन जेसिज बर्ष २०१९ २० का अध्यक्ष बाबुराम पौडेलले मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने अभियान सहित कोरोना भाइरसको संक्रमणको बेला समस्यामा परेकाहरुलाई सेवा गर्नुले बास्तबिक सहयोग हुने उद्धेश्य सहित क्वारेन्टाइनमा रहेका कञ्चनवासीलाई खाजा बितरण गरिएको बताउनु भएको छ ।कञ्चन जेसिजका कार्यकारी उपाध्यक्ष राजन शर्माको स्वागत तथा कानुनी सल्हाहकार राधिका चौधरीले धन्यबाद ब्यक्त गर्नु भएको कार्यक्रममा कञ्चन जेसिजका अध्यक्ष सल्हाहकार तथा नेपाली कांग्रेसकी नेतृ रिता के।सी।,कञ्चन जेसिजका कार्यकारी उपाध्यक्ष महोहराज पौडेल लगायतले बोल्नु भएको थियो ।कञ्चन जेसिजका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा खाजा बितरण कार्यक्रमका लागि भारी हार्डवेयर,सैनामैनाका प्रोप्राइटर प्रचण्ड भारी,अध्यक्ष सल्हाहकार तथा नेपाली कांग्रेसकी नेतृ रिता केसी,अध्यक्ष सल्हाहकार दुर्गा पौडेल,अध्यक्ष सल्हाहकार,लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०१९ २० का अध्यक्ष तथा कञ्चन गाउपालिका वार्ड नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले खाजा ब्यबस्थापनका लागि आर्थिक सहयोग गर्नु भएको थियो । कार्यक्रम कञ्चन जेसिजका महासचिव चित्र तुलाचनले संचालन गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया