को थिए भगवान शिवका मातापिता ?

प्रकाशित मिति:

हिन्दु धर्म ग्रन्थमा भगवान शिवलाई महादेव, भोलेनाथ, शंकर, महेश, आशुतोष, रुद्र, निलकण्ठलगायत विभिन्न नामबाट पुकार्ने गरिन्छ ।यतिमात्र होइन उनलाई तन्त्र तथा साधनामा भैरवको नामबाट समेत चिनिन्छ ।

शास्त्रमा उल्लेख भएअनुसार, भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् । तर के तपाईलाई भगवान शिवका मातापिता को थिए भन्ने कुरा थाहा छ ? यदि छैन भने यहाँ हामीले यसबारेमा केही जानकारी उल्लेख गरेका छौं ।

श्रीमद देवी महापुराणका अनुसार भगवान शिवका पिताको विषयलाई लिएर एउटा कथा उल्लेख गरिएको छ । देवी महापुराणका अनुसार एक पटक जब नारदजीले आफ्ना पिता व्रह्मासँग श्रृष्टिको निर्माण कसले गर्यो भन्ने प्रश्न राखेका थिए ।साथै उनले त्रीदेवलाई कसले जन्मायो भन्ने प्रश्न पनि सोधेका थिए । त्यहि बेला व्रह्माले देवी दुर्गा र शिवस्वरुपको योगबाट त्रिदेवको उत्पत्ति भएको वर्णन सुनाएका थिए ।यसको मतलवबाट सहजै भन्न सकिन्छ कि, दुर्गा तथा काल सदाशिवस्वरुप नै त्रिदेवका मातापिता हुन् । एजेन्सीको सहयोगमा