गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

प्रकाशित मिति:

काठमाडौं / गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको बिज्ञप्ति अनुसार पर्वतका ४ र पूर्वी नवलपरासीका एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको हो ।

संक्रमित हुनेमा पर्वतका कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा छन् ।यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरमा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।खबरहब बाट