ब्राजिलमा एकै दिन थपिए २४ हजार कोरोनाका नयाँ संक्रमित
३१ जेष्ठ २०७७, शनिबार ० बिचार / प्रतिक्रिया

काठमाडौं/ कोरोना भाइरसको महामारीले ब्राजिलमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ८४३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ हजार ९०१ पुगेको छ ।
एकै दिन २४ हजार २५३ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख २९ हजार ९०२ पुगेको छ ।३ लाख ९१ हजार ३०९ जनाको उपचार भइरहेकोमा ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।खबरहब बाट
फेसबुकबाट तपाईको प्रतिक्रिया