किवानिज रुपन्देहीमा नयां नेतृत्व

प्रकाशित मिति:

बुटवल, ३१ जेठ । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था किवानिज रुपन्देही लुम्बिनीको वर्ष २०२०।२१ का लागि ३८ सदस्यीय नयां नेतृत्व चयन भएको छ । संस्थाको चौथो अधिवेशनले प्रमोद थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । संस्थाको कार्यसमितिमा निवर्तमान अध्यक्षमा सुरज पंगेनी, निर्वाचित अध्यक्ष कमल कंडेल, प्रथम उपाध्यक्ष अमन श्रेष्ठ,द्वितीय उपाध्यक्ष मनोज आचार्य, सचिव डा. अमित केसी,कोषाध्यक्ष गोविन्द रेग्मी,सहसचिव इश्वरी प्रसाद पाण्डे र सहकोषाध्यषमा गोविन्द भुसाल चयन भएका छन् ।

यस्तै अनुगमन समिति संयोजकमा बाबुराम पाठक,प्रशिक्षण प्रमुख स्नेहलता राउत,सदस्य बृद्धि संयोजक हिम चापागाई,स्वास्थ्य संयोजक अशोक दर्लामी,खेलकुद संयोजक रोमनाथ गैरे, सांस्कृतिक संयोजक धनबहादुर गुरुङ,जनसम्पर्क संयोजक भुवनेश्वर चौधरी र सदस्य बृद्धि सह–संयोजक निरन्जन धिताल चयन भएका छन् । अधिवेशन किवानिज प्रदेश ५ अध्यक्ष एवं अधिवेशनका निर्वाचन प्रमुख दीपेश शाहीको प्रमुख आतिथ्यता, अध्यक्ष सुरज पंगेनीको अध्यक्षता एवं र किवानिज रुपन्देहीका पुर्व अध्यक्ष दीपक भण्डारीको आतिथ्यतामा भएको थियो । सो अवसरमा नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै प्रदेश अध्यक्ष दीपेश शाहीले बालबालिकाको सेवाका काममा क्रियाशील हुन नयां नेतृत्वलाई सुझाव दिए ।