नेपालीभूमि समेटिएको नक्सा पारित गरेकोमा सरकारलाई बधाई

३१ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल,३१ जेठ  –  राष्ट्रिय अखण्डता सरोकार सञ्चार अभियान, नेपालका संयोजक वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले शनिबार एक विज्ञप्ति जारी गरी नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको निशान छापसहितको राजनीतिक तथा प्रशासनिक नक्सालाई २०७७ जेठ ३१ गते बसेको प्रतिनिधि सभा बैठकबाट संशोधन प्रस्तावद्वारा अनुमोदन एवं पारित गरेकोमा नेपाल सरकार,राजनीतिक दलहरु र संसदलाई बधाई तथा विशेष धन्यवाद दिनुभएको छ । विज्ञप्तिमा उहाँले यस कार्यलाई साहसिक,ऐतिहासिक र राष्ट्रियतालाई दर्बिलो बनाउने कार्य भएको बताउँदै नेपालको भूमि रक्षार्थ नेपाल सरकार र जनप्रतिनिधिहरुको यस पुनित कार्यले समस्त

नेपालीहरुलाई गौरवान्वित बनाएको छ भन्नु भएको छ ।नेपालीहरुको मातृभूमि रक्षार्थ भएको यो एकताले नेपाललाई कमजोर,खण्डित र अप्ठायारोमा पार्न चाहनेहरुलाई चोटिलो जवाफ दिएको चर्चा गर्दै यसले अब नेपाली भूमिमाथि कसैले पनि वक्रदृष्टि नलगाओस् भन्ने कडा चुनौती दिएको छ भनी विज्ञप्तिमा उल्लेख छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा समस्त नेपालीहरुको एकताबद्व प्रयास सदा सर्वदा रहिरहने छ र रहीरहनु पर्दछ भन्दै विज्ञप्तिमा सबै नेपालीहरु एकतावद्व भई राष्ट्रको विकासमा अघि बढ्नका लागि पनि यस घडीमा हार्दिक आग्रह गर्दछु भन्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया