फोरम नेपालको प्रदेश समितिको दोस्रो बैठक सम्पन्न बिभिन्न जिम्मेवारी बाडफाँड

प्रकाशित मिति:

इमरान खान
बुटवाल १५ कार्तिक । संघीय समाजवादी फोरम नेपालको ५ नं. प्रदेशको प्रदेश समितिको दोस्रो बैठक सम्पन्न भएको छ ।५ नं. प्रदेशका बिधायक सहस राम यादवको प्रमुख अतिथिमा तथाविशिष्ट अतिथिमा राजनीति समिति सदस्यमंगल प्रसाद गुप्ता, तराई थारुवत मधेश प्रदेशका अध्यक्ष महेंद्र यादव, ५ नं. प्रदेशको प्रदेश समितिका मुख्य सचिव डा. अब्दुल रसिद खाँ, ५ नं. प्रदेशका सह इंचार्ज नवीन सुनुवार, केन्द्रिय सदस्य एवम पुर्ब संसद कमला विश्वकर्मा तथा संघीय समाजवादी युवा फोरम नेपाल ५ नं. प्रदेशका अध्यक्ष असलम खान,संघीय समाजवादी बिधार्थी फोरमका ५ नं. प्रदेश अध्यक्ष प्रकाश यादवको उपस्थितिमा प्रदेशको दोस्रो वैठक सम्पन्न भएको छ ।
सम्पन्न बैठकबाट बिभिन्न जिम्मेवारी बाडफाँड गरिएको छ । संघीय समाजवादी फोरम नेपालको ५ नं. प्रदेशको बिभाग प्रमुखमा रामु यादव, अर्थबिभागमा युवा नेता एवम समाजसेवी अकरम पठान, स्कुल विभागमा सन्दिप पान्डेय तथा ट्रेड युनियन विभागमा शिवपुजन यादवलाई सर्बसम्मतीबाट चयन गरेका छन ।