सुनगाभाद्धारा क्वारेन्टाइनमा परामर्श अभियान २०२०संचालन

३१ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


३१ जेठ,कञ्चन – सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देहीको आयोजना तथा शसस्त्र प्रहरी बल बेस क्याम्प,लोण्डिहवाको सहकार्यमा क्वारेन्टाइनमा परामर्श अभियान शुरु भएको छ । स्ट्रोम फाउण्डेशन नेपाल,कञ्चन गाउपालिका,गैडहवा गाउपालिका,शुद्धोदन गाउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका,रुपन्देहीको आर्थिक सहयोगमा संचालित क्वारेन्टाइन परामर्श अभियानमा टि.पी.ओ. नेपालका शुसिला पौडेल र शसस्त्र प्रहरी बल बेस क्याम्प,लोण्डिहवाका शसस्त्र प्रहरी निरिक्षक गंगा बहादुर कार्कीले परामर्श दिनुभएको छ।
बिश्वभर कोरोना भाइरसको सम्भाबित संक्रमणबाट सुरक्षित बनाउन तथा रोकथाम र न्युनिकरणका लागि बिभिन्न क्वारेन्टाइनहरुमा रहेका ब्यक्तिहरुको मनमा भय र डर उत्पन्न भई मानसिक तनावबाट मुक्त गर्नको लागि संचालन गरिएको क्वारेन्टाइन परामर्श अभियानमा सहभागीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले मानिसलाई भौतिक तथा मानसिक रुपमा सुख शान्ती प्राप्तका लागि मनोसामाजिक परामर्शको समेत आवस्यकता पर्ने बताउनु भएको छ।कञ्चन गाउपालिकाले क्वारेन्टाइनमा रहेका कञ्चनवासीलाई कुनै पनि समस्या नपरोस भन्ने उद्धेश्यका साथ क्वारेन्टाइनमा आवस्यक पर्ने न्युनतम आधारभुत आवस्यकता पुरा गर्ने प्रयास गरिरहेको बताउनु भएको थियो ।

परामर्शदाता तथा टि.पि.ओ. नेपालका सहजकर्ता शुसिला पौडेलले मनमा कुनै पनि उत्कन्ठा पालेर होइन मनमा परेको दुख पिडा एक आपसमा बाडेर छलफलको माध्यमबाट समाधान गर्न सहज हुने कुरा उल्लेख गर्नु भएको थियो । क्वारेन्टाइनमा रहदा मानसिक रुपमा हुन सक्ने पिरले मानिसलाई मृत्यु सम्म पुर्याउने भन्दै क्वारेन्टाइनलाई क्वारेन्टाइनमा भएको श्रोत साधनलाई आफ्नै घर सम्झेर उपयोग गर्न सके जुनसुकै महामारीलाई जित्न सकिने बताउनु भएको छ।यस्तै शसस्त्र प्रहरी बल बेस क्याम्पका शसस्त्र प्रहरी निरीक्षक गंगा बहादुर के.सी.ले क्वारेन्टाइनमा हुने हरेक समस्यालाई समस्याको रुपमा होइन उपायको रुपमा प्रयोग गर्नु पर्ने बताउनु भएको छ।जहाँ समस्या छ त्यहा उपाय पनि हुने भन्दै समस्यासंग जुधेर समाधानको उपायमा लाग्नु पर्ने बताउदै कोरोना भाइरस समस्या भएपनि यसबाट सुरक्षित हुने उपाय भनेको क्वारेन्टाइन वा आफ्नै घरको होम क्वारेन्टाइन भएकोले सामाजिक दुरी कायम गरी सुरक्षित रहनु उपर्युक्त उपचार भएको उल्लेख गर्नु भएको छ।गैडहवा गाउपालिकाको नवदुर्गा माध्यमिक बिधालय र जोगडा माध्यमिक बिधालय,कञ्चन गाउपालिकाको रुद्रपुर माध्यमिक बिधालय,लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधाल र हरैया बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा परामर्श प्रदान गरिएको छ।क्वारेन्टाइन परामर्श अभियानको सहजिकरण सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक गोपाल के.सी.ले गर्नु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण