कपिलवस्तुका किसानहरु कम्बाइन हार्भेष्टर आकषिर्त 

प्रकाशित मिति:

सनिउल्ला धोबी कपिलवस्तु कार्तिक १५
कपिलवस्तुका कृषकलाई यतिबेला धानबाली काट्ने चटारोले भ्याई नभ्याई छ । कम समयमा प्रसस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले किसानहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आई रहेका छन । लामो समयदेखि हसियाँले धान काटेर भित्राउने किसानहरु अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन ।
नया यान्त्रिक प्रविधि कम्बाइन हार्भेष्टरले धान भित्रयाउदा समय श्रम र लागतमा बचत हुने भएकाले यस तर्फ किसानहरु आकषिर्त भएका हुन् । धान काट्ने केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस कपिलवस्तुमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो ।
मजदुरको समस्याबाट पीडित हुने गरेका यस भेगका किसानले समयमा धान भित्रयाउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । कम्बाइन हार्भेष्टरको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको किसानहरु बताउ“छन् ।
अहिले गाउमै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको शिवराज नगरपालिका १० कि शैनाज खातुनले बताउनु भयो ।
परम्परागत तरिकाभन्दा यो प्रविधिको प्रयोगले समयमा धान भित्रयाउन सकिने तथा धान काट्ने, दाइँ गर्ने र केलाउने खर्चमा झन्डै र्दुइ तिहाइ बचत हुने हुँदा यो मेसिन किसानका लागि अत्यन्त उपयोगी र प्रभावकारी भएको मर्जादपुरका सत्यनारायण प्रसाद चौधरीले बताए । चौधरीका अनुसार कम्बाईनमा केही धान नश्ट भएपनी प्राविधिको प्रयोगले काम राम्रो हुने गरेको बताउनु भयो ।
परम्परागत तरिकाभन्दा यो प्रविधिले धान भित्रयाउ“दा लाग्ने खर्चमा लगभग र्दुइ तिहाई बचत, श्रम र श्रमिकको बचत तथा समयमा धान भित्रयाउन सकिन्छ । परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आउने किसानहरुले बताएका छन । पछिल्लो समयमा तराईका जिल्लाहरुमा कम्वाइन हार्भेष्टर मेसिन किसानहरुको आकषर्ण बढ्दै गएको कृषि छ ।