स्थानीय उत्पादन प्रवद्र्धन गर्ने ग्रील व्यवसायीको निर्णय

३१ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल, ३१ जेठ  –  ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीको वैठकले स्थानीय स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका बीचमा संघमा आवद्ध व्यवसायीहरुले उत्पादन गरेका फुट अपरेटेड ह्याण्ड सेनिटाइजर स्ट्याण्डको प्रयोग र बजार प्रवद्र्धन संघमार्फत गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणबाट बच्न हात धुन र सेनिटाइजरको प्रयोग अनिवार्य भएको अवस्थामा संघमा आवद्ध व्यवसायीहरुले उद्योगले उत्पादन गरेका स्ट्याण्डको बजारीकरण र विक्रि संघमार्फत गर्ने निर्णय गरिएको हो ।

संघका अध्यक्ष तुलबहादुर सारुले नयां उत्पादन भएकाले उपभोक्तामाझ एउटै दररेट र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्य रहेको बताए । डबल स्ट्याण्डलाई पांच हजार र सिंगल स्ट्याण्डलाई १५ सय मूल्य निर्धारण गरिएको अध्यक्ष सारुले बताए । संघका बुटवल, देवदह, सैनामैना, तिलोत्तमा र फर्साटिकर नगर कमिटीको सहभागिता रहेको वैठकमा संघले प्रकाशन गरेको नयां वर्षको भित्तेपात्रोको विमोचन समेत गरिएको संघका सचिव ध्रुव ज्ञवालीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया