कञ्चनको थकालीचौकमा स्कुटर दुर्घटना

३१ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


कञ्चन – रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं. ४ स्थित थकालीचौकमा स्कुटर र सकाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा परेको छ। हरैयाबाट फायरलाइन तर्फ जादै गरेको लु ५४ प ८४६३ नं. को स्कुटर सोही दिशातर्फ जादै गरेको साइकलसंग ठोक्किदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।

उक्त दुर्घटनामा परी स्कुटर चालक कञ्चन ३ बस्ने बर्ष २१ का रोहित बि.क. र साइकल चालक कञ्चन ३ बस्ने बर्ष १४ का राजन अधिकारी तथा सोही स्थान बस्ने बर्ष १२ रबिन अधिकारी सख्त घाइते भएको र उपचारका लागि प्रादेशिक अस्पताल,बुटवलमा पठाइएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया