नेपाल सरकार जिन्दबाद ! ‘गो ब्याग इंडिया’ को नारा कपिलबस्तुको चारनम्बरमा घन्कियो

३१ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


३१ जेठ, कपिलबस्तु  – कपिलबस्तुको ४ नम्बरमा शनिबार नेपाल सरकार जिन्दवाद ! गो व्याग ईन्दिया सहितको नारा लगाउदै युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।कोरोना माहामारीका बीचमा कपिलबस्तु जिल्लाको ४ नम्बर बजारमा सचेत युवा सबल युवाहरुले नेपालको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट परित गरेको र लिम्पियाधुरा, कालापानी, लिपुलेग सहितको नक्स जारी गरेकोमा नेपाल सरकारलाई धन्यवाद, दिदै नेपाल सरकार जिन्दवादको नारा समेत घन्काएका थिए ।साथै युवाहरुले भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोध गर्दै ‘गो व्याग ईन्दिया’ भन्दै नारा समेत लागएका थिए । शान्तिपूर्ण सरकार विरुद्ध प्रदर्शनमा सरकाले महामारीको रुपमा रहेको कोभिड–१९ को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड अनुसार नभएको र शंकास्पद बिरामीलाई पिसीआर टेस्ट गर्नुपर्ने, प्रथामिकता के ? कार्पेट कि जनताको खालि पेट, दुङ्खे बगर माया दुगङ्गे बगर १० अर्ब बाढ्दै छौं हल्ला नगर, भोकै जनता के को कर विदेशबाट उद्धार गर, आदी युवा खाडीमा ओली र देउवा एम.सी.सी पास गर्ने हतारमा, खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगाएतका नारा लगाउदै नेता र सरकार विरुद्ध नारावाजी सहित शान्तिपुर्ण रुपमा प्रदर्शन गरेका हुन् ।

त्यस्तै चारम्बर बजार परिक्रमण पश्चत चार नम्बर चोकमा भएको कोणसभा कार्यक्रममा बोल्दै युवा नेता तथा नेविसंघका क्षेत्रीय सभापति चन्द्रकन्त पोख्रेलले बाणगंगा नगरपालिकालाई कोरोना महामरीलाई व्यवस्थित गर्न नसकेको अरोप लागउनुभयो । उहाँले बाणगंगा नगरपालिका मेयर र उपमेयरलाई प्रश्न गर्दै रहतको कोरोनाको नाममा आएको राहत खौई ? कोरोनाको नाममा गरिएको खर्चको एक एक हिसाब जनतालाई दिनुपर्ने माग समेत गर्नुभयो । उहाँले वाणगंगा नगरपालिका लक्षित यस्तो माग राख्नुभएका नेता पोख्रेलले सबै जनता सामु नगरपालिकाले खर्च सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–“नगरपालिकाले भेडा बाख्रा हुले झै क्वारेनटाइनमा हुलेर राखेको छ । यसलाई व्यवस्थित बनाउनु पर्दैन । राहतको नाममा एकपटक १५⁄२० किलो, दाल चामल, नुन तेल बाडेर मेयर उपमेयर उम्किन पाईन्छ । जुनसुकै पार्टीका मेयर, उपमेयर भएपनि हिसाब किताब दिनु पर्छ ।” यसरी युवाहरुले सरकार विरुद्ध शन्तिपूर्ण प्रदर्शनमा केपि ओली, शेरबहादुर देउवा उस्तै हुन् एम.सी.सी ल्याउन मिलेका छन् भनेर विरोध गरेका थिए । त्यस्तै बाणगंगा नगरपालिकाका मेयर उपमेयरहरुलाई कोरोना राहत कोषको हिसाब परदर्शि हुनुपर्ने धारण राखेका थिए । (फोटो फिचरः कमल चौधरी ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया